जनतामुखि भएर सामाजिक कार्यमा लाग्न काेमल वलीकाे निर्देशन



 

नेकपा एमालेका केन्द्रीय सदस्य काेमल वलीले जनतामुखि भएर सामाजिक कार्यमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ। जनताका समस्या सम्बाेधन हुने गरि बिकास निर्माणका याेजना बनाइ सफल पार्टी बनाउन निर्देशन दिनुभएको हाे ।

“मिसन ८४ का लागि आजदेखि नै जनताका समस्या संग नजिक भएर काम गर्नुस् । याे राष्ट्रका हरेक जनताहरु खुसि र सुखि भएर बाच्नेछन् । पार्टीमा अन्तर्घात, अविश्वास , असहयाेगका कारण पार्टी ८९ सिटमा झरेकाे छ । अब यस्तो खालकाे परिणाम आउनु लज्जास्पद हुनेछ । मिसन ग्रासरुटकाे अर्थ संगठन बिस्तार , संगठन मजवुत बनाउन , संगठनमा सदस्यता बढाउन पालिकाहरु केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निभाउन खटाएको हाे । अब यसलाई सफल बनाउन गाउँ तहबाट जागरुक हुन जरुरी छ । १ सय २१ सिट जितेकाे पार्टी पछिल्लो समय निरासाजनक तरिकाले परिणाम आउने गरेकाे छ यसका लागि पार्टीमा सुदृढीकरण , सुद्दिकरण गरि पार्टी अगाडि बढाउनुपर्छ । ” -केन्द्रीय सदस्य वलीले भन्नुभयाे ।

सल्यान कालिमाटी ३ मा पार्टी भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले नेकपा एमालेका कार्यकर्ता “जिउदाकाे जन्ती मर्दाकाे मलामि” भएर सामाजिक काममा ला्ग्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – “शक्ति तल्लाे तहमा छ त्यसैले हरेक कार्यकर्तामा आफु उभिएकाे ठाउँलाई बलियाे सम्झिनुपर्छ । आधारभुत लेवलमा शक्ति छ त्यैसैले हरेक कार्यकर्ता आफनै लेवल बाट अगाडि बढ्नुपर्छ । ”

पार्टी हरेक तहमा पुगेर हरेक कार्य कुशलता पुर्वक काम गरिरहेकाे भन्दै पार्टी साध्य र पार्टीमा लागेका ब्यक्ति साधन भएकोले यस कुरालाई आत्मसाथ गर्नुपर्ने बताउनुभयाे । उहाँले टाेल कमिटीमा कमिटि गठन गरि वडालाइ बलियाे बनाउन आग्रह गर्नुभयो । अहिले सम्मकाे गठबन्धनको सरकारले विकास निर्माणका काम भन्दा पनि देश लुट्ने काममा मात्र सक्रिय भएको देखिएकाे भन्दै राष्ट्रियता कमजाेर बनाउनमा अहिलेकाे सरकार लागिपरेकाले हरेक जनतामा राष्ट्रियताकाे भावना जागृत हुन जरुरी रहेकाे बताउनुभयो ।

” जनताहरु काम गर्ने पार्टीलाई चिन्नुपर्छ । जनताहरु काम गर्नेलाई सरकारमा पठाउनुपर्छ ।”- उहाँले भन्नुभयो ।

एक फरक प्रसंगमा वलीले सल्यान र दाङ जिल्ला संग नजिककाे नाता रहेका ले कर्णाली प्रदेशमा गाभिएपनि छिमेकि जिल्लाकाे नाताले यहाँको बिकासका निम्ति आफुले पहल गर्ने र सरकारकाे ध्यानाकर्षण गराउने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । यहाँको भाेैतिक निर्माणका काम संगै जनताहरुकाे जिवनसंग जाेडिएका कामहरुमा सधैं सकारात्मक तरिकाले आफु लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा कालिमाटी गाउँ पालिका सल्यानका अध्यक्ष दान बहादुर केसि, कालिमाटी गाउँ कमिटी उपाध्यक्ष  सहनशीलता वली लगाएत स्थानियले कालिमाटी गंगामाला भगवती मन्दिरकाे भाैतिक पुर्वाधार निर्माण र ब्यवस्थापन गर्न माग गर्दै सल्यान जिल्लाकाे समस्याका बिषयमा जानकारी गराएका थिए । कार्यक्रमको शहरीकरण केशरसिह बुढाले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस्