दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साँग्रिला प्लाई उद्योगमा लागेको आगो नियन्त्रणकालागि बाहिरी जिल्लाबाट मगाईएका दमकल दाङ आइपुगेका छन् ।
आगलागि नियन्त्रणमा लिन कपिलबस्तु र नेपालगञ्ज बाँके बाट दमकल आएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक जनार्दन जीसीले जानकारी दिनुभयो ।
अहिले दाङका दुई वटा र बाहिरी जिल्लाबाट आएका दुई वटा दमकल बाट आगलागि नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो ।
गए राति करिब १ बजेदेखि आगलागी सुरु भएको हो । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार