
दाङको तुलसीपुरमा सर्प दंशबाट एक जनाको मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १९ बाँसगढीका ५५ बर्षीय पारु चौधरीको मंगलबार बेलुकी ८ बजेतिर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चौधरीलाई आफ्नै बारीमा घाँस काट्न गएको समयमा दिउँसो साढे ३ बजेतिर सर्पले बाँया हातमा डसेको थियो । सर्पको पहिचान भने भएको थिएन ।
चौधरीलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लािग आफन्तले पु¥याएका थिए । ढिला गरि अस्पताल पु¥याइएको हुँदा चिकित्सकले चेकजाँच गर्नासाथ उनलाई मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार

