आजदेखि डिजेल र पेट्रोलको भाउ बढ्याे



आजदेखि डिजेल र पेट्रोलको भाउ बढेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

निगमको सञ्चालक समितिले आज बिहानदेखि लागू हुनेगरी डिजेलमा एक र पेट्रोलमा दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब दाङ र सुर्खेत क्षेत्रमा प्रतिलिटर मूल्य १६२ रुपैयाँ तोकिएको छ ।

यस्तै काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य १६३ रुपैयाँ पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा १५२ रुपैयाँ तिर्नुपर्नेछ ।

काठमाडौं र दिपायल क्षेत्रमा डिजेल लिटरको १५३ रुपैयाँ पर्ने निगमले जनाएको छ ।  अन्य क्षेत्रमा भने डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा पर्नेछ ।

निगमले हवाइ इन्धनको मूल्य भने आन्तरिकतर्फ दुई र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले घटाएको छ ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस्