दाङको तुलसीपुरमा श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । मानवसेवा आश्रमको मानवीय स्मारक भवन निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ मुल आयोजक समितीले जनाएको छ। आज सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि आउँदो माघ १३ गतेदेखि २० गते सम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ सञ्चालन हुने जनाएको हो ।
महायज्ञ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा हुने मुल आयोजक समितीका संयोजक डिल्ली बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुशार तुलसीपुर उपमहानगरपालिका ४ हलवार स्थित कालिकामालिका मन्दीर ब्यबस्थापन समितिले मानवसेवा आश्रमको भवन निर्माणका लागि १ विगाह २ कठ्ठा जग्गा उपलब्ध गराएको छ । उक्त स्थानमा मानवसेवा आश्रमको मानवीय स्मारक समेत निर्माण गरिनेछ ।
दाङ जिल्लालाई महायज्ञसंग जोड्ने उदेश्यका साथ तुलसीपुर, घोराही, लमही ,भालुवाङ लगायतका क्षेत्रमा क्षेत्रगत रुपमा ९ जना सह संयोजकहरु मनोनयन गरिएको मानवसेवा आश्रमका महासचिव शुशिला केसीले बताउँनुभयो ।
महायज्ञ सन्चालन गर्नुपुर्व माघ ७ गते मानवसेवा आश्रमको मानवीय स्मारकको शिलान्यास लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्ने आयोजकले जनाएको छ। महायज्ञको उद्घाटन भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको जनाईएको छ । श्रीमद्भागवत ज्ञानविज्ञानको कथा वाचकमा भागवत् भास्कर श्रद्धेय गुरु कमलनयन गौतम रहनु भएको छ। महायज्ञबाट ५ करोड आन्दानी गर्ने आयोजक लक्ष्य लीएको छ ।
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण प्रचारप्रसार उपसिमितिका संयोजक सुशील बस्नेतले गर्नुभएको थियो ।
यसैबिच, देशभर १९ जिल्लाका २४ स्थानमा सेवाकेन्द्र सञ्चालन भएको छ । दाङमा भने २०७८ बैशाख ३ गतेदेखि भाडाको घरबाट मानवसेवा आश्रम सञ्चालन भएको छ । हाल तुलसीपुर उपमहानगरपालिका ६ स्थित गाइडहरमा अवस्थित मानव सेवा आश्रममा ७५ जना आश्रित छन् । हालसम्म आश्रमले ३५० बढी सडक आश्रितलाई उद्धार गरि ४३ जनाको पारिवारिक पुर्नमिलन भएको छ भने १९ जनाले आश्रमै निधन भएको छ ।