शैक्षिक गुणस्तरका लागि विद्यालय छौनौटमा ध्यान दिन अभिभावकहरुलाई आग्रह




दाङको घोराही स्थीत भ्यालीटप बोडिङ स्कुलले वृहत अभिभावक शिक्षा कार्यक्रमको आयोजना गरी वालवालिकाको शैक्षिक गुणस्तरका लागि विद्यालय छौनौटमा ध्यान दिन अभिभावकहरुलाई आग्रह गरेको छ ।

शैक्षिक शत्र शुरु हुनै लाग्दा विद्यालयले वालवालिकाका अभिभावकहरुलाई भेला गरी आफ्ना वालवालिकालाई विद्यालयमा भर्ना गर्नुअघि सम्पुर्ण कुराहरुको बारेमा जानकार भएर मात्रै वालवालिकालाई भर्ना गर्न पनि आग्रह गरेको छ ।

वालवालिकामा सकारात्मक परीवर्तन र दक्ष जनशक्ति उत्पादनका लागि विद्यालयको शैक्षिक वातावरण अनुकुल हुनुपर्ने भएकाले त्यसका लागि अभिभावक चनाखो बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणत्मण सम्वन्धबाट वालवालिकामा अपेक्षित उपलब्धी हासिल गराउन सकिने भन्दै त्यसका लागि विद्यालयले अनुकुल वातावरण निमार्ण गर्नुपर्नेमा पनि सरोकारवालाले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी एवं प्रशिक्षक रविन्द्र बस्नेतले वालवालिकाका लागि पहिलो शिक्षालय घर र पहिलो शिक्षक आमा भएका कारण वालवालिकालाई कस्तो संस्कार र शिक्षा दिने भन्नेकुराको शुरुवात घरपरिवारबाटै हुने बताउनु भयो ।

वालवालिकाले विद्यालयमा भन्दा घरमा अधिक समय विताउने भएका कारण वालवालिकाको सम्पुर्ण आनीबानीदेखी संस्कार जन्य कुरामा अभिभावक चनाखो बन्नुपर्ने र विद्यालयले वालवालिकालाई अनुकुल शैक्षिक वातावरण निमार्ण गर्नुपर्ने बताउनु भयो ।

अशिक्षित बाआमा पनि असल अभिभावक बन्नसक्ने हुदाँ वालवालिकाकालागि प्रयाप्त समय अभिभावकले प्रदान गर्नुपर्ने र घरदेखी विद्यालयसम्म वालवालिकाले गर्ने हरेक कृयाकलापमा अभिभावकले निगरानी बढाउनु पर्ने उहाँको भनाई छ ।

प्रधानाध्यापक खुम केसीले विद्यालयका विभिन्न गतिविधीहरुमाथी प्रकाश पार्दै विषय प्रवेश गराउनु भएको कार्यक्रममा विद्यालय सञ्चालक समितीका सदस्य गिरीराज शर्माले विद्यालयप्रती आशा र भरोसा राखेर अभिभावकले विद्यालय पठाएका वालवालिकालाई अनुकुल शैक्षिक वातावरण निमार्ण गर्नका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दिपक शर्माको अध्यक्षता एवं अभिभावक भेलाका प्रशिक्षक रविन्द्र बस्नेतको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा अभिभावकहरुको स्वागत विद्यालयका सहयक प्रधानाध्यापक हिरा विष्टले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण शिक्षक दिनेश न्यौपानेले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्