सहिद स्मृतीले जित्यो छैठौं नगर स्तरिय राष्ट्रपती रनिङ शिल्ड




लक्ष्मण बस्नेत

तुलसिपुर नगर स्तरिय छैठौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को रनिङ शिल्ड सहिद स्मृति आवासिय माबी तुलसिपुर १७ बनकट्टिले जितेको छ ।

तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा अमर माबी उरहरीको ब्यबस्थापन संयोजनमा संचालित प्रतियोगितामा १० स्वर्ण,१० रजत र र ५ कास्य पदक हात पार्दै सहिद स्मृति माबीले रनिङ शिल्ड जितेको हो ।

त्यस्तै ९ स्वर्ण, १२ रजत र ११ कास्य पदकका साथ साबिक बिजेता गोरखा माबी तुलसिपुर दोस्रो, पब्लिक ज्ञानज्योती तुलसिपुर ८ स्वर्ण,१२ रजत र १४ कास्य पदक हात पार्दै तृतीय भयो । त्यस्तै गुरुजजुर नमुना माबी रक्षाचौर ७ स्वर्ण,८ रजत,३ कास्य पदकका साथ चौथो, माबी तुलसिपुर तुलसिपुर सेन्टर ७ स्वर्ण,३ रजत,१० कास्य पदक हात पार्दै पाचौ र ६ स्वर्ण,५ रजत र ६ कास्य पदक हात पार्दै ग्रेट अरनिको माबी तुलसिपुर छैठौ हात पार्न सफल भए ।

यसैगरी भलिबल छात्र भलिबल तर्फ ग्रेट अरनिको माबि प्रथम,पब्लिक ज्ञान ज्योती माबी द्वितिय,गुरुजजुर र महेन्द्र माबी तुलसिपुर तृतिय भए ।त्यस्तै छात्रा भलिबल तर्फ माबी तुलसिपुर सेन्टर प्रथम,ग्रेट अरनिको द्वितिय,पब्लिक ज्ञानज्योती माबी तुलसिपुर र जनप्रीय बिर्डिङ स्कुल बालापुर तृतिय भए । भलिबल छात्रमा ग्रेट अरनिको माबीका निश्चल सुनार र छात्रामा गुरुजजुर माबिका यशोदा पुन उत्कृष्ट खेलाडी भए ।

त्यस्तै कबडी छात्र तर्फ माबी कालाखोला प्रथम,गुरुजजुर माबी द्वितिय,ग्रेट अरनिको र महेन्द्र माबी तुलसिपुर तृतिय भए । त्यस्तै छात्रा तर्फ गुरुजजुर माबी प्रथम,ग्रेट अरनिको द्वितिय,महेन्द्र माबी तुलसिपुर र शान्ती माबी नवलपुर तृतिय भए । कबडी छात्रमा माबी कालाखोलाका गणेश बिक र छात्रामा गुरुजजुर माबिका दुर्गा नेपाली उत्कृष्ट खेलाडी घोषित भए ।

त्यसैगरी एथलेटिक्स तर्फ जनप्रीय बोर्डिङ स्कुल प्रथम,गुरुजजुर माबी द्वितिय र माबी तुलसिपुर सेन्टर तृतीय भए । एथलेटिक्स बिधाको छात्र तर्फ जनप्रीय बोर्डिङ स्कुलका कृष्ण बिक र छात्रा तर्फ माबी तुलसिपुर सेन्टरका कमला वलि उत्कृष्ट खेलाडी घोषित भए ।

त्यस्तै कराते बिधामा गोरखा माबी तुलसिपुर प्रथम,गुरुजजुर माबी द्वितिय र साधना पाठशाला तृतिय भए । कराते छात्रमा माबी तुलसिपुर सेन्टरका सागर सुवेदी र छात्रामा गोरखा माबी तुलसिपुरका सन्जु नेपाली उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै तेक्वान्दो बिधामा माबी कालाखोला प्रथम, पब्लिक ज्ञानज्योति द्वितिय र ग्रेट अरनिको माबी तृतिय भए ।

तेक्वान्दो छात्रमा जनकल्याण माबी दुधरासका निश्चल नेपाली र ग्रेट अरनिको माबीका ललिता नेपाली उत्कृष्ट खेलाडी भए । यसैगरी उसु तर्फ सहिद स्मृति माबी प्रथम,पब्लिक ज्ञान ज्योती द्वितिय र गोरखा माबी तुलसिपुर तृतिय भए ।

उसु छात्र तर्फ सहिद स्मृतिका सिमसन रावत र छात्रा तर्फ सहिद स्मृतिकै अनुजा बुढा उत्कृष्ट खेलाडी भए ।

यसैबिच प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रम तुलसिपुर उपमहानगरपालिका वडा न ११ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका समितिका सदस्य मान बहादुर रावतको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय रेखा शर्माको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरिको बिशिष्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा रनिङ शिल्ड बिजेता,उपबिजेता, तृतिय हुने बिधालय र बिधागत खेलमा प्रथम द्वितिय र तृतिय हुने बिधालय,खेलाडी तथा सर्वोउत्कृष्ट खेलाडि लाई कार्यक्रमका प्रमुख अतिथी, बिशिष्ट अतिथी, अतिथी लगाएतले शिल्ड,ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी रेखा शर्मा,विशिष्ट अथिती नगर प्रमुख खड्का, उपप्रमुख स्यानी चौधरी,दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्य, तुलसिपुर उपमहानगरपालिका वडा न १८ का अध्यक्ष माधव वलि,वडा न ६ का अध्यक्ष दुजमान भन्डारी, अमर माबी उरहरीका प्रधानाध्यापक पदम बहादुर वलि लगाएत ले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्दै छैठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सभ्य र भब्य तवरले सार्थक तथा ऎतिहासिक भएको भएको बताउनु भएको थियो ।

माघ १५ गते बाट संचालित प्रतियोगितामा तुलसिपुर नगर भित्रका सामुदायिक तथा संस्थागत बिधालय गरि ४३ बिधालयको सहभागिता रहेको थियो ।

अमर माबी उरहरिका शिक्षक तथा सचिवालय सदस्य यज्ञ बहादुर अधिकारीले संचालन गरेको कार्यक्रममा कार्यक्रमका अध्यक्ष मान बहादुर रावतले प्रतियोगिता लाई पुर्ण रुपमा सफल बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउने सहयोगी दाता, सुरक्षाकर्मी,विभिन्न उपसमिती,संघ संस्था, टोल बिकास संस्था लगाएत सबैमा आभार तथा कृतज्ञता प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । सो अवसरमा विभिन्न कला संस्कृती झल्कने नृत्य प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्