
दाङको देउखुरीमा बसको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका-५ नौसहरा निवासी अन्दाजी २४ वर्षिय प्रमोद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजपुर गाउँपालिका-५ जंग्रहवा र नौसहरा बिचमा रहेको कोरियाखोला पुल नजिक गंगदी तर्ग जाँदै गरेका रा १ ख २३६० नम्बरको यात्रु बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन ।
घाईते हुनेमा सोही गाउँका २४ वर्षिय प्रदीप यादव रहेका छन । घाइते प्रदीपको लमही अस्पतालमा सामान्री उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उनको हात भाँचिएको छ भने शरीरको अन्य भागमा गहिरो चोटपटक लागेको छ । ठक्कर दिने बस र चालक फरार रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार