शान्ती महिला छलफल समुह दंगीशरण ३ चितानपुरको प्रथम वार्षिक साधारणसभा आज मंगलवार सम्पन्न भएको छ । सभामा आर्थीक प्रतीवेदन प्रश्तुत गर्दै समुहका सदस्य नारायण पुरीले एक वर्षको अवधिमा आपतकालीन कोष संचालन गरि ३३ हजार बचत गर्न सफल भएको जानकारी दिनुभयो । समुहले आउँदा ेदिनहरुमा बालबिबाह न्यूनीकरण, लैंगीक हिंसा सम्बन्धि सचेतना कार्यक्रम, लगाएत जिवीकोपार्जनका लागि सामुहिक कार्य गर्ने जनाएको छ । सो अवसरमा सहभागिहरुले चेतनामुलक नाटक , थारु मघौटा नाच , गित, कवीता प्रश्तुत गरेका थिए ।
कार्यक्रममा दंगीशरण गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतीथी शम्भु गिरीले महिलाहरु सामुहिक कार्य मार्फत समाज परिवर्तन गर्नमा टेवा पुर्याएको बताउँनुभयो । महिलाहरु सक्षम हुनुका साथै आर्थीक रुपले पनी बलीयो भएकाले महिलाहरु ब्यवसायीक तर्फ सक्रिय हुन आग्रह गर्नुभयो । कार्यक्रममा वडा न. ३ का वडा अध्यक्ष सुकलाल चौधरी, सदस्य टोपाराम चौधरी, सिडका सिता चौधरी लगाएतले बोल्नुभएको थियो ।
समुहका उपाध्यक्ष राजकला योगी कवँरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको शहजीकरण गंगा पुरीले गर्नुभएको थियो ।