नेपाल शिक्षक महासंघ घोराही नगर समितिले घोराही उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलानमा असन्तुष्टि जनाएको छ ।
विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दि मिलान गर्ने सम्बन्धि विभिन्न समयमा शिक्षक महासंघ तथा पेशागत शिक्षक संघरसंगठनको औपचारिकरअनौपचारिक बैठक र छलफलमा भएका सहमति विपरित दरबन्दि मिलान गर्ने बहानामा शिक्षा ऐनरनियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अबिलम्ब सच्याउन माग गरेको छ । नगर सह अध्यक्ष हुमबहादुर रानाले आज प्रेस विज्ञप्ति जारी गर्दै नगर शिक्षामा चैत ८ गते बसेको बैठकको निर्णय शिक्षकहरुको भावना र सम्मान विपरीत रहेको जनाउनु भएको छ ।
उहाँले शिक्षकहरुको सहमति विपरित दरबन्दि मिलान गर्ने बहानामा शिक्षा ऐनरनियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अविलम्ब बदर गरी नियम सङ्गत र शिक्षक महासंघको सहमति अनुसार कार्य गर्न घोराही उपमहानगरपालिका, घोराही नगर शिक्षा समिति लगायत सामाजिक विकास महाशाखा घोराहीलाई ध्यानाकर्षण गराउनु भएको छ । साथै उक्त कार्यको घोर भर्त्सना गर्दै शिक्षक महासंघको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरी सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिनु भएको छ । माग सम्बोधनका लागि दवाव सहितका कार्यक्रम घोषणा गर्न आज अपरान्ह ४ बजे पत्रकार सम्मेलन समेत गर्न लागिएको उहाँले बताउनुभयो ।
नेपाल शिक्षक महासंघ घोराही नगर समितिको विरोध कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही, एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संघ घोराही, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही र अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी घोराहीको आवद्धता रहेको जनाएका छन् ।