दंगीशरण गाउँपालिकामा आयोजना हुने माघ महोत्सवमा समृद्ध समाज दंगीशरणले स्टल राख्ने भएको छ । समाजले यहि पौष २७ र २८ गते दंगीशरणमा लाग्ने माघ महोत्सव मेलामा थारु परिकार प्रदर्शन र बिक्रीका लागी स्टल राख्ने सहकर्मि समाजका दाङका अधिकृत पुनाराम पन्थीले जानकारी दिनुभयो । थारु परिकार खरिया, पकौडा, ढिक्री, घोगी, गंगटा लगाएत अन्य परिकार फलफुल चटपटे, पानीपुरी, सेल, अचार, पनि बिक्रीका लागि राखीनेछ ।
स्थानीय बस्तुको प्रशोधन र बितरण, युवालाई श्रम र स्वरोजगारकालागि प्रोत्साहन , सामुहिक श्रोत श्रृजना र परिचालन, सामुहिक एकताको ब्यबहारिक प्रयोग , स्थानीय कला,संस्कृती र सृजनाको जगेर्ना, महोत्सव सफल पार्न पालिकालाई सहयोग र स्थानीय परिकारको प्रबर्द्धन,प्रोत्साहन र प्रचार गर्ने उद्धेश्यले स्टल राखिने अधिकृत पन्थीले बताउनुभयो ।
समूहहरुले रचनात्मक कार्यका लागि भरपुर ब्यवस्थाकियका साथ कार्यसमितिका पदाधिकारी, कर्मचारी र समुहका सदस्यहरु सक्रिय सहभागितामा रहने समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क.ले जानकारी दिनुभयो ।
गत बर्ष पनि समृद्ध समाज दंगीशरणले स्टल राखेर घरमा उत्पादित वस्तुहरु बिक्री वितरण गरि आम्दानी गर्न सफल भएको थियो ।