पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर हुदै



तुफानबाबु श्रेष्ठ
सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएका रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर।सि।सि। भिलेज काशिपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएका छन् ।
माघ १४ गते शनिवार शान्तिनगर गाउँपालिका वडा नम्वर २ सिमसुन्दरपुरमा रहेको वडा भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने रोटरी क्लव अफ तुलसीपुर सिटीका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो । उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।
शिविरमा वालरोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ, वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । ूग्रामिण भेगमा रहेका नागरिकहरुले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा हामीले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका हौ रोटरी क्लब अफ तुलसीपुरका अध्यक्ष यज्ञबहादुर केसीले भन्नु भयो ।
शिविरमा विरामीको स्वास्थ्य परिक्षणसंगै उनीहरुलाई निस्शुल्क औषधि समेत वितरण गरिने अध्यक्ष केसिले जानकारी दिनुभयो ।”
शिविर विहान १० बजे जेदेखि ३ वजेसम्म सन्चालन हुनेछ । साथै शिबिरमा प्राविधिक सह
योग तुलसीपुर सिटी हस्पिटल प्रा।लि।, चिनारी हस्पिटल प्रा।लि। र बि।आर। डेन्टल हस्पिटल प्रा. लि.को रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्