
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले उनलाई आज पक्राउ गरेको हो।
२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन प्रकरणमा महराले विमानस्थल भन्सार अधिकारीहरूलाई दबाब दिएको आरोप लागेकाे छ।
उनलाई संगठित अपराधको समेत अभियोग लगाइएको छ।
प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार

