गुरुकुल एकेडेमीको नयाँ शैक्षिक शाखा तुलसीपुरमा

जीवन उपयोगि शिक्षा प्रदान गरिने :प्रिन्सीपल मुकुन्द गिरी


 

दाङको गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको हाे । एकेडेमीले आज बिहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै एकाडेमिले शैक्षिक सेवा विस्तार गर्ने बारेमा जानकारी गराएको हो ।

शिक्षा,सस्कार र सस्कृतिको त्रिवेणी,गुरुकुल एकेडेमी भन्ने नारासहित विसं २०७२ सालमा दाङको स्थापना भएको गुरुकुल एकेडेमीले घोराहीको सफलता पछि अव तुलसीपुर र लमहीमा सेवा विस्तार गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियोे । २१औँ शताब्दीको शिक्षालाई व्यापक रुपमा जनस्तरमा लैजाने र पुर्ण मानवकाे निर्माण गर्ने एकाडेमिकाे मुल मर्म रहेको छ ।  तुलसीपुर ६ गाेलाैरामा स्थापना भइरहेको एकेडेमीले प्लेग्रुपदेखि ९ सम्म कक्षा संचालन गर्ने जनाएको छ ।

जीवन उपयोगि शिक्षा प्रदान गरिने :प्रिन्सीपल मुकुन्द गिरी

गुरुकुल एकेडेमी तुलसीपुरका नवनियुक्त प्रिन्सीपल मुकुन्द गिरीले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन तुलसीपुरबाट सेवा विस्तार सुरु गरेको बताउनुभयाे ।उहाँले जीवन के हाे ? मान्छे कस्तो बनाउने भन्ने बिषयलाइ मध्य नजर गर्दै गुरुकुलले शिक्षा प्रदान गर्ने बताउनुभयो । विद्यालयमा जीवन उपयोगि शिक्षालाई विशेष प्राथमिकतामा राखेर पठनपाठन गराइने भन्दै शिक्षा मार्फत बालक देखि नै पुर्ण र शान्त मानव बनाउने बिषयलाइ पनि बिधालयले पाठ्यक्रममा समावेश गर्ने बताउनुभयो ।

एकेडेमीले अरुभन्दा फरक ब्यबस्थापनमा शैक्षिक गतिविधि सन्चालन गर्दै आएको बताउदै उहाँले पुराना संस्कार संस्कृतको संरक्षण सम्मुनत मानव निर्माण गुरुकुलको मुख्य उदेश्य रहेको बताउनुभयो ।

उहाका अनुसार आगामी शैक्षिकसत्र देखि पठनपाठन सुरु हुनेछ भने यहि फाल्गुन  २ गते सरस्वती पुजाको दिन देखि नया भर्ना अभियान खुल्ला हुनेछ ।

साे अवसरमा संस्थापक अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन सन्चालन गर्न लागिएको जानकारी दिनुभयाे ।

उहाले पछिल्लो समय बालबालिकाहरुमा पाठ्यपुस्तक संगै जिवनउपयोगी सीप, अतिरिक्त तथा प्रविधिमैत्रि शिक्षा,शैक्षिक र अतिरिक्त क्रियाकलाप, शिक्षण विधिमा आधारित प्रविधिमैत्री कक्षा तथा छलफल क्रियाकलाप, शान्त र सुरक्षित विधालय भित्र अध्यापन गराउने हुँदा नयाँ शैक्षिक याेजनालाई मध्येनजर गर्दै गुरुकुल एकाडेमीले नेपालकाे पाठ्यक्रमलाई ब्यवहारिक तरिकाले अगाढि बढाउने बताउनुभयो । ऋषिमुनिले आफ्ना शिष्यलाई दिने शिक्षा पालन गर्दै ब्यवहारिक शिक्षालाई बढि फाेकस गरिने मनसायका साथ गुरुकुल शाखा तुलसीपुरमा बिस्तार गर्ने याेजना अघि बढेको बताउनुभयाे ।

कार्यक्रममा गुरुकुल एकाडेमी घोराहीका प्रिन्सिपल डाक्टर कृष्णराज डिसीले दाङमा सरकारी तथा निजीस्तरका धेरै विद्यालयहरु भएता पनि गुरुकुलले प्रदान गर्ने शिक्षा संस्कार वेग्लै प्रकारको भएको अवगत गराउनुभयाे ।

शैक्षिक क्षेत्रमा फड्को मारेको गुरुकुल शैक्षिक सेवा विस्तार गर्न सफल भएको भन्दै पछिल्लो समय अविभावकहरु यसतर्फ आकर्षित भएको कुरामा जोड दिनुभयाे । तुलसीपुरमा शाखा खाेल्न सफल भएको भन्दै गुरुकुलले शिक्षामा नयाँ ईट्टा थप्नेकाम गरेकोमा खुसि ब्यक्त गर्नुभयाे ।

यस्तै शिक्षाविद रामचन्द्र कंडेलले आउदो शैक्षिकसत्र देखि लमही क्षेत्रमा पनि विद्यालयले पठनपाठन सन्चालन गर्ने योजना रहेको बताउनुभयाे ।उहाँले गुरुकुलले दिने जिवनउपयाेगि शिक्षाले बालबालिकाकाे पारिवारिक ,सामाजिक , सांस्कृतिक तथा नैसर्गिक क्षेत्रमा विकास हाेस् भन्ने मुल मर्म रहेको बताउनुभयो ।

यस्तै संस्थाका सिइओ जयन्त उपाध्यायले भ्याली स्टार बोर्डिङ स्कुललाई मर्ज गरि गुरुकुल एकेडेमी तुलसीपुर स्थापना गरेको जानकारी दिनुभयाे ।

यस्तै शिक्षाविद विष्णुकुमार देवकोटाले सिपयुक्त जनशक्ति निमार्णमा गुरुकुलले विशेष ध्यान दिनुपर्ने कुरामा जाेड दिनुभयाे ।
नेपाल पत्रकार महासंघ दाङ शाखा सह-सचीव दिप्तिशिखा चौधरीले गुरुकुलले नैतिक र व्यबहारिक शिक्षालाई प्राथमिकतामा राखेर शैक्षिक गतिविधि सन्चालन गर्नुपर्ने बताउनुभयाे।

साे अवसरमा गुरुकुल एकेडेमी तुलसीपुरकाे प्र . अ. मा मुकुन्द गिरि र सिइआे पदमा जयन्त उपाध्यायलाइ नियुक्त गरिएको थियाे ।

गुरुकुल एकेडेमी तुलसीपुरका सन्चालक समिती सदस्य अभियान बस्नेतको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे सहजीकरण म्यानेजमेन्ट कोर्डिनेटर निमानन्द गैरेले गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्