
दाङमा जुवाको खालबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
राप्ती गाउँपालिका–२ लालमटियास्थित कालिकाचोकका सचिन शाहको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका–२ का नरेश बुढा (३४), बसन्त कडेल (२६), चेत प्रसाद बुढा (४१), अमृत ज्ञवाली (३४), समुन्द्र बहादुर थापा (४३), जागृत भुसाल (३२), केशब पुन मगर (२१), सञ्जु कुमाल (३०), भोजराज रेग्मी (४१), दिपक पुन मगर (३७), केशब बिक (३१) र राप्ती–१ का भानु राना (४७) तथा बिनोद पुन (२६) रहेका छन् । यस्तै रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ का पुरन कामी (४९) पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाको साथबाट प्रहरीले नगद १ लाख ४९ हजार ७९५ रुपैयाँ र तीन गड्डी तास बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

