बित्तिय तथा ब्यावसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न



No description available.
घोराही उपमहागनरपालिका १७ गुलरियामा आज बित्तिय तथा ब्यावसायिक साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण महिला उत्थान केन्द्र दागंको आयोजनामा आज युएसएआईडि को आर्थिक तथा आईडि नेपाल को प्राविधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दागंको साझेदारीमा दागं जिल्लाको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका र लमही नगरपालिकामा संञ्चालन भईरहेको यस रिप्लान्ट परियोजना अन्र्तगत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

गुलरिया स्थिीत कृषक समुहका अध्यक्ष अर्चना चौधरीको अध्यक्षता तथा आइ.डि.ई. नेपाल क्षेत्रिय कार्यालय नेपालगञ्जका फिल्ड कार्यक्रम व्यवस्थापक कल्पना धिताल, रिप्लान्ट परियोजनाका कार्यक्रम संयोजक हित बहादुर थापा, मुक्तिनाथ बिकास बैंकका शाखा प्रमुख बिकास के.सी. लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बचत, खर्च, कर्जाको सहि सदुपयोगिता, आम्दानी तथा खर्चको रेकड, घरायसी बजेटको निर्माण, पैसाको ब्यवस्थापन लगायतको बिषयमा अभिमुखीकरण गरिएको थियो ।

No description available.

साथै मुक्तिनाथ कृषक बचत खाताको बारेमा, अन्नबाली भण्डारणका लागि पिक्स ब्यागको फाईदा र महत्वका बारेमा सहजीकरण गरिएको परियोजनाका सहजकर्ता कमला शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्