दंगीशरण गाउँपालिकामा २६ र २७ गते माघ महोत्सव



थारु समुदायको महान पर्व माघी नजिकिएसंगै दंगीशरण गाउँपालिकाले माघ महोत्सव कार्यक्रम गर्ने भएको छ । थारु समुदायको महान पर्व माघ हरेक वर्ष आयोजना गदै आएको माघ पर्वलाई भव्यताका साथ मनाउँनका लागि यहि पुस २६ र २७ गते माघी विशेष ‘माघ महोत्सव’ गर्ने निर्णय गरेको हो ।

‘भाषा कला ओ संस्कृती हमार पहिचान इहिन बचाइना सक्कुनके’ अभियान भन्ने मुल नाराका साथ २ दिने माघि महोत्सव आयोजना गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

दंगीशरण गाउँपालिकामा बसेका थारु अगुवाहरु सहितको भेलाले २६ र २७ गते माघी महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सब सफल बनाउन सामाजिक विकाश समितीका सयोजक रोशन जङ शाहको सयोजकत्वमा निर्देशन समिती रहने गरी ३ सदस्यीय निर्देशन समिती गठन गरेको छ । समितीको सदस्यमा वडा नं। ७ का वडा अध्यक्ष रेशम वलि र वडा नं। ४ का वडा अध्यक्ष कमल थारु रहनुभएको छ । भेलाले वडा नं। ३ का वडा अध्यक्ष शुकलाल चौधरीको सयोजकत्वमा महोत्सव संचालन गर्न बिभिन्न उपसमिती गठन समेत गरेको छ । महोत्सबमा थारु मघौटा नाच प्रतीयोगिता ,पौराणिक थारु अप्रतियोगी नाच , स्थानिय तथा रास्ट्रीय कलाकारको बेजोड प्रस्तुती, तथा थारु सस्कार झल्किने थारु परीकारहरु राखीने सास्कृतीक समितीका सयोजक रोशन रत्गैयाले जानकारीदिनुभयो ।

त्यस्तै महोत्सवको उद्घाटन लुम्विनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले गर्ने कार्यक्रम रहेको उहाले बताउनुभयो । उद्घाटन सत्रमा स्थानीय जनप्रतिनीधिहरुको समेत सहभागिता रहने महोत्सव मुल आयोजक समितिका संजोजक चौधरीले बताउनुभयो । विच विचमा मघौटा प्रतीयोगी नाच र स्थानीय तथा रास्ट्रीय कलाकारहरुको प्रस्तुति रहने छ । त्यस्तै महोत्सवको दोस्रोदिन थारु नाच मघौटा, छोक्रा, हुर्डुङ्या नाच र स्थानीय कलाकार तथा रास्ट्रीय कलाकार सहितको प्रस्तुति रहने छ । महोत्सवमा उपस्थिति भइदिन आयोजकले सम्पूर्ण दंगीशरण बासीहरुमा अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्