शारदा नगरपालिकाल १३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । आफ्नै आमा ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सलयानले जनाएको छ ।
नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा आमा शारदाको घटनास्थलमै मृत्यु भएको थियो । घटना भए लगत्तै खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार