
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनीमा स्वागत गर्नुभएको छ । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्न लुम्बिनी आउनुभएकी पूर्व राष्ट्रपति भण्डारीलाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नुभएको हो ।
लुम्बिनी परिसरभित्र आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले गुम्बाको शिलान्यास गर्नुभयो । थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बा धर्मचक्र महाविहार मञ्जुश्री पर्वत, कान्तिपुरको आयोजनामा निर्माण हुन लागेको हो ।
उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरू, लुम्बिनी प्रदेशका मन्त्रीहरू, बौद्ध धर्मावलम्बीहरू तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ । गुम्बा निर्माणले लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

