गुरुकूल एकेडेमी तुलसिपुरद्धारा नव निर्वाचित कार्यसमितिलाई स्वागत सम्मान तथा बधाइ ज्ञापन



दिपक वली

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा नयाँ नेतृत्व चयन भएको छ।

संस्थाको अध्यक्ष पदमा  यमकान्त भण्डारी, उपाध्यक्ष पदमा नारायण प्रसाद शर्मा, सचिव पदमा भुवन भुषाल, कोषाध्यक्ष पदमा भोलाप्रसाद थापा चयन भएका छन । यस्तै  सदस्यहरू शुस्मा अधिकारी, लुमा बुढामगर, प्रमोद कुमार योगि, बुद्धिराम चौधरी र सारदा सार्किज्यू निर्वाचित भएका छन्।

साे अवसरमा गुरुकुल एकेडेमी, तुलसीपुर परिवारले नयाँ निर्वाचित नेतृत्वलाई हार्दिक स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। आजको स्वागत र शुभकामना कार्यक्रम विद्यालयमा आयोजना गरेको थियो । जसमा संस्थाका नयाँ पदाधिकारीहरूको कार्यकालका लागि शुभकामना दिदै निर्वाचित समुहलाई स्वागत तथा सम्मान गरीएको थियो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित अध्यक्ष यमकान्त भन्डारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

कार्यक्रमकाे शहजिकरण सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाले  गर्नुभएको थियो।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वले संस्थाको भविष्य उज्जवल बनाउन निरंतर मेहनत गर्ने र समुदायको लागि उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस्