युवाहरुका लागि नेतृत्व विकास पत्रकारीता तालीम आज देखि शान्तीनगर २ बाघमारेमा शुरु भएको छ । हापुरे मिडिया प्रा.ली.को आयोजना तथा शान्तीनगर गाउँपालिका वडा न.२ को आर्थीक सहयोगमा तालीम शुरु भएको हो ।
उद्घाटन तालीममा कार्यक्रमका प्रमुख अतीथी शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद वस्नेतले यस तालीम पछि यूवाहरुलाई मिडियासंग जोडिनका लागि सहज हुने बताउँनुभयो । “अवको समय भनेको प्रविधिमैत्री समय हो पश्चिम क्षेत्रका युवाहरुलाई सामाजीक कार्यमा जोडिन उत्प्रेरीत गर्ने एउटा माध्यम पत्रकारीता र मिडिया हो यसले कारण पकारीता तालीम संचालन गर्दा सामाजीक उत्तरदायीत्व निर्वाह गर्न उत्प्रेरीत गर्न यसले महत्वपुर्ण भूमिका खेल्नेछ ।” उहाँले भन्नुभयो ।
सो अवसरमा वडा अध्यक्ष सुनील वलीले युवाहरु नेतृत्वमा आउँनका लागि बोल्ने शैलीको विकास हुन जरुरी छ भन्ने उद्धेश्यले पत्रकारीता तालीम आवयश्क ठानी तालीमको आयोजना गरिएको बताउँनुभयो । शान्तीनगर गाउँपालिकाका गतीविधिलाई मिडियामुखी बनाउँन , पश्चिम क्षेत्रमा पत्रकार जन्माउँनमा भुमिका खेल्नेछ भन्ने सोचका साथ पत्रकारीता तालीम शिर्षकमा बजेट विनीयोजन गरेको बताउँनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका सभापती निम जैसी, नकेपा एमालेका खुम बहादुर खत्री, नेकपा माओवादिका नेव बहादुर रोका, पत्रकार महासंघ दाङ शाखाका सह सचिव दिप्तीशिखा चौधरी, प्रेस चौतारी दाङका कार्यवाहक अध्यक्ष प्रेम बहादुर राम्जा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । हापुरे मिडिया प्रा.लि.का अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हाे ।
पुर्ण विवस कुसारीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण मनविर कुसारीले गर्नुभएको थियो ।
पाँच दिन सम्म संचालीत तालीममा १७ जना युवाहरुको सहभागिता रहेको छ । आज पहिलो दिन प्रशिक्षक दिप्तीशिखा चौधरीले उद्घोषण कला र पत्रकारीका विषयमा प्रशिक्षण दिनुभएको थियो ।