
दाङको तुलसीपुरमा आजदेखि दोस्रो नेवारी सडक खाना महोत्सव सुरू भएको छ। नेवारी खानाको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव २९ गतेसम्म चल्नेछ।
महोत्सवमा आलु फ्राइ, चुकौनी, बोडी, जुम्ली झर, सेल, यःमरी, तामा, सादा बारा, अण्डा बारा, कुखुरा तथा बफ छोयला, सम्य बजीलगायत परम्परागत नेवारी परिकार प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
नेवा: देय् दबु तुलसीपुर नगरसमितिको आयोजनामा भएको कार्यक्रम नगर समितिका अध्यक्ष शिवप्रसाद श्रेष्ठको अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
प्रकाशित मिति : २०८२ मङ्सिर २३ गते मङ्गलवार

