पत्रकार महासंघ दाङको तीज नृत्य प्रतीयोगितामा सरीता नेपाली प्रथम



No description available.

नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागले आयोजना गरेको तीज नृत्य प्रतीयोगतामा सरीता नेपाली प्रथम हुनुभएको छ । उहाले लोक गायीका विष्णु माझिको चरी जेलैमा भन्ने गितमा नृत्य प्रश्तुत गर्नुभएको थियो । यस्तै प्रतीयोगितामा दित्तीय नाराणी डांगी र देवका नेपाली तृतीय हुनुभएको छ ।

No description available.

कलम चलाईरहने भन्दा पनि रहर र रमाईलो साट्ने ,पत्रकार महिलाहरुको पनि फरक खालको क्षमता हुन्छ र देखाउनुपर्छ भन्ने उद्धेश्यले प्रतीयोगिताको आयोजना गरिएको हो । प्रतीयोगितामा ९ जनाले भाग लीएका थिए । प्रतियोगिताको निर्णाायकमा मंगला श्रेष्ठ र चाहना झाक्री मगर रहनुभएको थियो ।  विजेता प्रतीयोगिहरुलाई साडि पुरुस्कार प्रदान गरिएको थियो ।

No description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार लक्ष्मी आचार्यले तीजलाई सामाजिक सदभावका रुपमा मनाउनुपर्ने बताउनुभयो । सञ्चारका क्षेत्रबाट विकृति र विसंगतिका पक्षहरुलाई प्रोत्साहन नगर्न समेत आग्रह गर्नुभयो । उहाँले महिलाहरु सचेत भएर विकृतिलाई हटाउँदै राम्रा पक्षहरुलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको थियो।

No description available.
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले पर्वका अवसरमा अयोजना गरिने यस्ता कार्यक्रमहरुले पत्रकारहरुविच एकता र सद्भाव झल्काउन महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव सुलोचना गौतमले तीजको महत्वलाई बचाउदै कला र कलमको माध्यमबाट सस्कृती संरक्षणमा लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

यस्तै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रिता लामाले तीज बहुआमिक पर्व भएको भन्दै यसलाई रमाइलोसंगै मौलिक पक्षलाई ख्याल गरेर संरक्षणमा लाग्नुपर्ने बताउनुभयो।

पत्रकार महासंघ दाङ शाखाका निर्वतमान उपाध्यक्ष लीला शाह, प्रदेश परिषद सदस्य शारदा शर्मा, महिला पत्रकार मञ्चका सुशीला आचार्य लगाएतले शुभकामना मन्तब्य ब्यक्र गर्नुभएको थियो ।

No description available.

नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष एवं महिला विभाग संयोजक बसुन्धारा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्