दाङको तुलसीपुरमा आजदेखि दोस्रो अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता शुरु भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाले गर्नुभएको हो ।
खेलको उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारले सबै प्रकारका खेललाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले कुस्ती खेलको विकासका लागि प्रतियोगिताको आयोजना हुन महत्वपूर्णर् कुरा रहेको बताउनुभयो ।
यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टाईले कुस्ती खेलको विकासक्रम बढ्दै गएको बताउनुभयो । युथ्स अफ तुलसीपुरका सदस्य टोप बहादुर वलीको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सदस्य शान्तराम सेन्चुरीले गर्नुभएको हो ।
तुलसीपुर स्थित अरनिको मैदानमा संचालन भएको प्रतियोगिता फागुन १७ गतेसम्म संचालन हुने अध्यक्ष ऋषिराज लहरे (अरुण)ले जानकारी दिनुभयो । प्रतियोगितामा ३० जना भारतीय पुरुष पहलवान, २ जना भारतीय महिला पहलवान र ५ जना नेपाली पहलवानसहित जम्मा ३७ जना पहलवानको सहभागिता रहने अध्यक्ष लहरेले बताउनुभयो ।
कुस्ती प्रतियोगिता संगै सास्कृतिक कार्यक्रमको समेत आयोजना समेत गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा चर्चित गायिका साहिमा श्रेष्ठको सांगितिक प्रस्तुती फागुन १६ गते रहने उहाँले बताउनुभयो ।
दर्शन सलाम,अरे क्यानाम, पाउजु बजाउदै, तिम्रो पिक्चर हिट लगाएतका थुप्रै गित गाएर चर्चा बटुलिसकेकी गायिका श्रेष्ठको सांगितिक प्रस्तुती रहने भएको हो ।