गुरुकुल एकेडेमी घोराहीद्धारा नयाँ जिम्मेवारी बाँडफाड  




गुरुकुल एकेडेमी घोराहीले विद्यालयको विभिन्न तहमा जिम्मेवारी बाँडफाड गरेको छ। विद्यालयको सहायक प्रधानाध्यापकको रूपमा महेन्द्र पौडेललाई नियुक्त गरिएको छ। विद्यालय संयोजकको जिम्मेवारी भुवन आचार्यलाई सुम्पिएको छ, जसले विद्यालयको समग्र व्यवस्थापन र कार्यक्रमहरूलाई समन्वय गर्ने छन्।

आधारभुत तहमा पनि केही महत्वपूर्ण जिम्मेवारीहरू बाँडिएका छन्। आशा कुमारी चौधरीलाई आधारभुत तह संयोजकको जिम्मेवारी दिइएको छ। उँहाले विद्यालयको आधारभुत तहका कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिनुभएको छ। त्यस्तै, आधारभुत तह कक्षा १ र २ को संयोजकको रूपमा रेशु राउतलाई जिम्मेवारी दिइएको छ। रेशु राउतले कक्षा १ र २ का विद्यार्थीहरूको शिक्षण प्रक्रिया र प्रशासनको समन्वय गर्नुुहुने छ।

यस निर्णयले विद्यालयको प्रशासनिक कार्यलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुर्याउने  विश्वास रहेको विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले बताउनुभयो। यसका साथै, विद्यार्थीहरूको शैक्षिक प्रगति र समग्र विद्यालय वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्