जेठ ७ गते महासचिव शंकर पोखरेल घोराहीमा प्रशिक्षण दिन आउँदै



नेकपा (एमाले) का महासचिव श्रद्धेय शंकर पोखरेल यही जेष्ठ ७ गते घोराही आउनु हुने भएकाे छ । पार्टीको सांगठनिक सुदृढीकरण र कार्यदिशा स्पष्ट पार्ने उद्देश्यले आयोजना गरिएकाे प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले प्रशिक्षण दिने कार्यक्रम तय भएको हो।

प्रशिक्षण कार्यक्रम घोराहीस्थित सभाहलमा दिउँसो १२:३० बजे सुरु हुनेछ। कार्यक्रममा २०७९ सालको स्थानीय निर्वाचनमा दाङ जिल्लाबाट एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, पार्टीका विभिन्न तहका नेताहरू तथा जनवर्गीय संगठनका पदाधिकारीहरूको सहभागीता रहनेछ।

पार्टीका अनुसार कार्यक्रममा सहभागी हुनेहरूमा एमाले केन्द्रीय समिति, केन्द्रीय निकाय, लुम्बिनी प्रदेश कमिटी, दाङ जिल्ला कमिटी, पालिका कमिटी, वडा कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवहरू र जनवर्गीय संगठनका पदाधिकारीहरू छन्।

प्रशिक्षणमार्फत पार्टी कार्यकर्ताहरूमा संगठनप्रतिको प्रतिबद्धता, नीति–दिशा र समसामयिक राजनीतिक अवस्थाप्रति स्पष्टता ल्याउने उद्देश्य राखिएको छ।

कार्यक्रममा सहभागी सबैलाई समयमा उपस्थितिका लागि पार्टीले हार्दिक आमन्त्रण गरेको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्