चलचित्र पत्रकार संघ लुम्बिनी प्रदेश संयोजकमा शिव पुन



चलचित्र पत्रकार संघ नेपाल लुम्बिनी प्रदेश संयोजकमा दाङ तुलसीपुरका शिव पुन सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।

संघ फागुन ५ गतेदेखि हेटौडामा जारी राष्ट्रिय भेलाले तुलसीपुरका पुनलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

संघका केन्द्रीय सदस्य धुर्वराज न्यौपानले भेलाले दाङ शाखाका यसअघिका अध्यक्ष पुनलाई सर्वसम्मत रुपमा लुम्बिनी प्रदेशको संयोजकको जिम्मेवारी तोकेको बताउनुभयाे।

शिक्षण पेशामा आवद्ध पुन चलचित्र पत्रकार संघ दाङका सल्लाहकार हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्