दिपेन्द्र मावि मानपुरकाे ७१ औं वार्षिकोत्सब

राजनितीकै कारण सामुदायिक बिधालयबाट पाउनुपर्ने राम्रो शिक्षा पाएका छैनौं : मन्त्री न्याैपाने



दिपेन्द्र मावि मानपुरले वार्षिकोत्सब तथा अभिभावक दिवश मनाएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरमा रहेको विद्यालयले आज ७१ औं वार्षिकोत्सब भब्यताका साथ मनाएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेवाप्रसाद चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि मन्त्री न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको बताउँदै विद्यार्थीको सङ्ख्या वृद्धिसँगै गुणस्तरीय शिक्षामा समेत जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालयको संरचना जिर्ण भएकाले सुधारका लागि योजना लिएर आए प्रदेश सरकारबाट सहयोग गर्न आफू प्रतिबद्ध रहेको धारणा राख्नुभयो । उहाँले चार काेठे भवनका लागि तत्काल सहयाेग गर्ने बताउनुभयो ।

“भवन निर्माणका लागि म सहयाेग गर्न तयार छु । तर यहाँ बिधार्थि संख्या बढाउन शिक्षा सुधार गर्नुपर्छ ।”-उहाँले भन्नुभयो । गुणस्तरीय शिक्षाका लागि सामुदायिक बिधालय राम्रो बनाउनका निमिक्त अभिभावक, शिक्षक, बिधालय समिति लाग्नुपर्ने धारणा राख्नुभयाे ।

उहाँले भन्नुभयो -“शिक्षा क्षेत्रमा राजनीति छिरेकाले सामुदायिक बिधालयबाट पाउनुपर्ने राम्रो शिक्षा गुमाएका छाैँ । बिधालयलाइ राम्रो बनाउन, बिधार्थि संख्या बढाउन पढाइकाे गुणस्तरीयता बढाउनुपर्छ । याे बिधालयका लागि के चाहिएकाे छ । तालिम, गाेष्ठि, राम्रा कार्यक्रम संचालन गरेमा बिधार्थि खाेज्ने हाेइन आफै बढेर आउँछ ।”

साे अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष थलराज पुरीले सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि आफूहरूले वडा सरकारको तर्फबाट काम गरिरहेको बताउनुभयो।

यस्तै वार्षिक उत्सवका अवसरमा तुलसीपुर–१७ का वडासदस्यहरू गिता राना,शशीधर पौडेल, बिजोरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्का,चन्दादाता तुल्सी गिरी, पूर्व प्रअ नन्दनकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ठाकुरराम चौधरी लगाएतले गुणस्तरीय शिक्षा हुनुपर्ने कुरामा जोड दिएका थिए ।

सो अवसरमा पुर्व विद्यार्थी समाजले पुर्व शिक्षक र कार्यालय सहयोगीसहित ८ जनालाई सम्मान गरिएकाे थियाे ।

विद्यालयमा स्थापना भएका अक्षयकोष गरिव तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष झग्गुप्रसाद अधिकारी (मदन)ले जानकारी दिनुभयो ।

वार्षिक उत्सवका अवसरमा विभिन्न नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो।

शिक्षक बिमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक यज्ञबहादुर केसीले गर्नुभएको हो ।

बिधालयका प्रधानाध्यापक रुपेश गुप्ताका अनुशार २०१० सालमा स्थापना भएको दिपेन्द्र मा . बि. मा अहिले कक्षा १० सम्म पढाइ भइरहेको छ । बिधालयमा २२ जना शिक्षक कर्मचारी रहेका छन् । बिधालयले यहि आर्थिक बर्ष देखि अङ्ग्रेजी माध्यमबाट पढाइ संचालन गरेकाे छ भने बिधालयमा जम्मा ३ सय ६४ बिधार्थि रहेका छन् । बिधालयकाे भाैतिक अवस्थाले गर्दा शिक्षण प्रभावकारी हुन नसकेकाे बिधालयका प्रधानाध्यापक गुप्ताले बताउनुभयो । बिधालयमा अधिकांश निम्न वर्ग/ परिवारका छाेराछाेरीहरु अध्ययन गरिरहेका छन् ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्