तुलसीपुरमा महिला बन्दीगृहको उद्घाटन , कारागामा ४९ जना महिला कैदीवन्दी



तुलसीपुर कारागारमा महिला कैदिबन्दि थपिएपछि महिला बन्दीगृह निर्माण भएको छ । जिल्लामा रहेका दुइ वटा कारागारमध्य तुलसीपुरको नवनिर्मित महिला बन्दीगृहको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

दाङको तुलसीपुर कारागामा अहिले महिला कैदीबन्दीको संङ्ख्या ४९ जना रहेको छ । आश्रीत बालबालीका तिन जना गरी कुल ५२ जना भवन अभावका कारण ३ वटा कोठामा बस्न बाध्य भएका थिए । प्रतिकोठाका हिसावले वाँड्दा प्रत्येक कोठामा १७ जना बस्नुपर्ने बाध्यता थियो ।

पुरानो भवनमा सकसपुर्ण अवस्थामा बस्दै आएका महिला कैदीबन्दीलाई आज देखि नयाँ भवनमा सारिएपछि सहज भएको छ ।

नयाँ भवनमा स्थानान्तरण भएसंगै महिला कैदीबन्दीलाई बसाईको सहज भएको छ । अब कैदि जीवनपछि समाजमा पुर्नस्थापित हुनका लागि विभिन्न आय आर्जनमुलक सिपहरु निरन्तर प्रदान गर्नुपर्ने तुलसीपुर कारागारका नाइके रुक्सार राईले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामीला मन्त्रालयबाट बिनियोजित ३ करोड ८८ लाख ७ हजार ६ सय ९० रुपैयाँ ३५ पैसाको लागतमा महिला बन्दीगृह निर्माण भएको तुलसीपुर कारागार प्रशासनका प्रमुख जेलर चिन्तामणी रेग्मीले बताउनुभयोे ।


भवन निर्माणको ठेक्का प्रशंसा कन्ट्रक्सन धनगढी कैलालीले २०७८ श्रावन २५ गतेपाएको थियो । सम्झौताको मितिले २०८० भदौ १ मा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि दुई महिना अघिनै निर्माणकार्य सम्पन्न भएको जेलर रेग्मीले जानकारी दिनुभयोे ।

आयोजनाको सुपरभिजन संघन शहरी तथा भवन निर्माणले गरेको हो । जिल्ला प्रशासन कार्यालय दाङको प्रत्यक्ष अनुगमनका कारण भवन निर्माण कार्य समयमै सकिएको हो ।

कारागार प्रशासन नियमावलीमा महिला तथा पुरुष कैदीबन्दी लाई छुट्टाछुट्टै भवनमा राख्नु पर्ने ब्यवस्था छ । भवन अभावका कारण यस अघि ४९ जना महिला कैदीबन्दी र ३ जना आश्रीत बालबालीकालाई ३ वटा कोठामा राखिएकोे थियो । नयाँ भवन निर्माण पश्चात सो समस्या हटेको जेलर रेग्मीले बताउनुभयो ।

नयाँ भवनमा सुविधा सम्पन्न १८ कोठा सहित ८५ जना सम्म कैदीबन्दी राख्न सकिने छ । महिला बन्दीगृह निर्माण भइ कैदीबन्दीलाइ नयाँ भवनमा सारेपछि आधारभुत आवश्यता गास, बास र कपासको उचित ब्यवस्थापन गरिएको कारागार प्रशासनले जनाएको छ ।

तुलसीपुर कारागार प्रशासन प्रमुख जेलर चिन्तामणी रेग्मीको अध्यक्षता तथा दाङ्ग जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । नवनिर्मित भवनको उद्घाटन निमित्त प्रमुख जिल्ला अधिकारी पुनले रिवन काटेर गर्नुभएको हो ।

तुलसीपुर कारागारका नायव सुब्बा रम्भा केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण कारागारका स्वास्थ्य प्रमुख दोर्ण ओलीले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्