तुलसीपुरमा बस दुर्घटना, दुई जना घाइते



दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

तुलसीपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२१३ नम्बरको बस दिउँसो ४ बजेतिर अनियन्त्रित भई सडकको दायाँ किनारमा पल्टिएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा बाँके कोहलपुर नगरपालिका–४ का २८ वर्षीय सुनिल बिक र राप्ती सोनारी गाउँपालिका–३ का २१ वर्षीय कृष्णी चौधरी रहेका छन्। उपचारपछि दुवै जनालाई डिस्चार्ज गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयो।

बस चालक बाँके बैजनाथ गाउँपालिका–१ का ३२ वर्षीय कृष्णबहादुर गुरुङ प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : २०८२ असोज २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस्