नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी गोरखा माबी तुलसिपुर लाई



लक्ष्मण बस्नेत
तुलसिपुर नगर स्तरिय अन्तर बिधालय स्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी गोरखा माबी तुलसिपुरले जितेकोछ ।
महेन्द्र माबी तुलसिपुरको आयोजना तथा तुलसिपुर उपमहानगरपालिकाको संयोजनमा संचालित प्रतियोगितामा १४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर गोरखा माबी तुलसिपुरले उपाधी जितेको हो ।
त्यस्तै ग्रेट अरनिको माबी तुलसिपुर ६ स्वर्ण,३ रजत र ६ कास्य पदकका साथ दोश्रो हुदा गुरुजजुर नमुना माबी रक्षाचौर ४ स्वर्ण,४ रजत र ६ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्‍यो ।
तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स,भलिबल, कबडी, कराते छात्रा/ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा पालिकाका निजि तथा सामुदायीक गरि ३४ बिधालयको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह आयोजक महेन्द्र माबी तुलसिपुर बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे अरुणको अध्यक्षता तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा बिजेता, उपबिजेता खेलाडी लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्