खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा भिषण आगलागी, आगाे नियन्त्रण बाहिर



दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको  छ । गए राति करिब १ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयाे ।
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । मानविय क्षति भने भएको छैन । विद्युत सर्ट भएर आगलागी भएको जनाएइएकाे छ।

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्