तुलसी उपभोक्ता सहकारीले संचालनमा ल्यायो तुलसी मार्ट 



No description available.

तुलसीपुरमा तुलसी मार्ट संचालनमा ल्याएको छ । तुलसी उपभोक्ता सहकारी संस्था लिमिटेडले करिब २ करोडको लगानीमा तुलसी मार्ट संचालनमा ल्याएको हो ।

मार्टको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आइतबार उद्घाटन गर्नुभएको हो । अर्थमन्त्री मास्कीले प्रदेश सरकारले रोजगारीको अभियानलाई अघि बढाएको समयमा सहकारीले मार्ट संचालन गरेर राज्यलाई सहयोग गरेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा मार्टले महत्वपूणर् भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । मार्टमा विदेशी रक्सी भन्दा पनि स्वदेशमै उत्पादन हुने मदिरालाई प्रवद्र्धन गर्नुपर्ने उहाँको भनाई छ ।

सहकारीका अध्यक्ष भाष्करराज गौतमले उपभोक्तालाई सुपथ मुल्यमा सबै प्रकारका दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्न सहकारले मार्ट संचालनमा ल्याएको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डारीले सहकारीले राज्यलाई सहयोग गरेर अघि बढ्न खोजेपनि राज्य सहकारीको प्रवद्र्धनमा कठोर बनेको बताउनुभयो ।

कार्यक्रममा वचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका सचिव रुप बहादुर खत्री, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले स्थानीय उत्पादनको बजारीकरणमा मार्टले महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सहजिकरण उपाध्यक्ष राजकुमार आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्