दाङको टरिगाउँ एयरपोर्टमा सिता एयर

हप्तामा एक दिन उडान भर्ने


दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले हप्तामा एकपटक उडान भर्ने भएको छ । शुक्रबार टरिगाउँ एयरपोर्टमा परीक्षण उडान भरेको सिता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ काठमाण्डौ उडान भर्ने प्रवन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले बताउनुभयो । उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगाएतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने सिंहले बताउनुभयो । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने उहाँले बताउनुभयो ।

सो अवसरमा जहाजका पाइलट रविन्द्र डंगोलले धावनमार्गलाई विस्तार गर्नुपर्ने बताउँदै आकाशमा उड्ने चराको नियन्त्रण र एयरपोर्टको उत्तर तर्फ रहेका घरमा राखिएका टंकी, पोल हटाउनुपर्ने बताउनुभयो । जग्गा प्रसस्त भएपनि धावनमार्ग कम हुँदा ६ हजार ४ सय किलो बोक्न सक्ने क्षमता भएको जहाजले ५ हजार ७ सय किलो मात्रै बोक्न सक्ने बताउँदै पाइलट डंगोलले क्षमता अनुसार यात्रु बोक्नका लागि अझै विस्तार गर्नुपर्ने बताउनुभयो । परीक्षण उडान भरेको 9 N-AJH कल साइनको सिता एयरको जहाज दिउँसो १ः१८ मिनेट जाँदा एयरपोर्टमा अवतरण भएको थियो ।।

सो अवसरमा सिता एयरका पवन्धनिर्देशक,, पाइलट लगायतको टीमलाई स्वागत गरिएको थियो । परीक्षण उडानपछि आयोजित कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, युवा व्यवसायी बिमल रिजाल लगाएतले नियमति उडान गरेमा सहयोग गर्ने बताएका थिए ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्