दिपक वली
गुरुकुल एकेडेमी, घोराहीले विद्यालयमा अध्ययनरत साना बालबालिकाको प्रतिभा प्रस्फुटन र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरेको छ। ‘साना बच्चाहरु मञ्चमा भन्ने कार्यक्रम’ शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रमले विद्यालय परिसरलाई उत्सवमय बनाएको थियो।
कार्यक्रममा प्ले ग्रुपदेखि कक्षा ३ सम्मका बालबालिकाहरुले आफ्नो उमेर अनुसारका कविता वाचन, छोटो भाषण, कथा, लोकगीत, अभिनय, जनजीवनसँग सम्बन्धित सन्देशमूलक प्रस्तुति कक्षामा पढेका कुराहरु लगायत विविध गतिविधिमा भाग लिएका थिए। उनीहरुले निश्चल उत्साहका साथ आफूले सिकेका कुराहरु मञ्चमा प्रस्तुत गरेका थिए, जसले उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरुलाई निकै प्रभावित बनाएको थियो।
बालबालिकाको सर्वाङ्गिण विकासका लागि पाठ्यपुस्तकीय ज्ञानसँगै व्यवहारिक सीपको विकास आवश्यक हुने विद्यालयका अध्यक्ष इ. अनन्तराज घिमिरेले बताउनुभयो । यस्तो खालको कार्यक्रमले उनीहरुको आत्मविश्वास बढाउने, प्रस्तुतीकरण क्षमता अभिवृद्धि गर्ने र भाषिक दक्षता सुधार्ने ई. घिमिरेले बताउनुभयो । कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो। सहभागी सबैले विद्यालयले लिएका यस्ता पहलको सराहना गरेका थिए।
अभिभावकहरुले बालबालिकालाई सानै उमेरदेखि मञ्चमा प्रस्तुत गराउने कामको प्रशंसा गर्दै यसले भविष्यमा उनीहरुलाई सार्वजनिक मंचमा सहज हुन सहयोग गर्ने विचार व्यक्त गरेका थिए। गुरुकुल एकेडेमीले भविष्यमा यस्ता कार्यक्रमलाई अझ नियमित र सृजनात्मक बनाउँदै लैजाने जनाएको छ। साना बालबालीका मञ्चमा कार्यक्रम २ सिफ्टमा गरीएको थियो । कार्यक्रममा गुरुकुल एकेडेमी लमहीको मन्टेस्वरी संयोजक काँजल न्यौपाने , तुलसिपुर मन्ेस्वरी संयोजक लक्ष्मि श्रेष्ठ , गुरुकुल एकेडेमी लमहीका प्रधानाध्यापक सुरज खनाल ,घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसि लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
पहिलो सिफ्ठको कार्यक्रम मन्टेस्वरी संयोजक सुनिता रानि पुन तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण शिक्षिका मियोना घर्तिले गर्नुभएको थियो भने दोस्रो सिफ्ठको कार्यक्रम आधारभुत संयोजक रेशु राउतको अध्यक्षता तथा गुरुकुल लमहीका प्रधानाध्यापक सुरज खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण शिक्षिका मञ्जरी पुनले गर्नुभएको थियो ।