शान्तिनगर ३ बस्तिखाेलाकि नन्दिका स्वर्णकार सिस्ने बेसार पाउडर उधाैगकि अध्यक्ष हुनुहुन्छ । २०७९ सालमा ग्रिन फाउन्डेसन नेपाल दाङले तालिम दिएपछि नन्दिकालाई उधमि बन्न प्रेरित गरायाे ।
सुरुवातिकाे समयमा कसरी उधमि बन्ने भन्ने अन्याैल्ता थियाे । सुरुवाति का चरणमा सिस्नाे पाउडर बनाउने चार दिनकाे तालिममा सहभागी हुनुभयाे । दाेस्राे पटक सात दिनकाे तालिममा । त्यसपछि उहामा आत्मबल बढ्याे । सिस्नाे पाउडर उधाैग खाेल्ने रहर जाग्याे ।
उधममा सुरुवातमा ९ जना सदस्य थिय । अहिले १३ जना महिला र ३ पुरुष गरि १६ जना छन् । अहिले बेसार पाउडर उधाैगमा स्थानीय वस्तुले ठाउँ पाउँछन् तर उत्पादन गरेका वस्तुले बजार पाउदैनन् ।
“सामान उत्पादन गरेर रैथाने काेशेली घरमा राख्याे तर बिक्री भएन । कहिले माग गर्नुहुन्छ तर सम्पर्कमा आउनु हुदैन यसले गर्दा सामान स्टकमै हुन्छ । ग्रिन फाउन्डेसनले सबै कुरामा सहयाेग गर्याे हामी सामान बनाउन पनि दक्ष भयाे । तर बजार भएन । यसले गर्दा उधमकाे फाइदा छैन घाटा बेहाेर्नु परेकाे छ । ” नन्दिताले भन्नुभयो । “पैसा कमाउने , सफल ब्यवसायि बन्न रहर लागेपनि सामान बिक्री नहुदा समस्या छ ।” उहाँले भन्नुभयो ।
शान्तिनगर कालिका पकरे उधमि समूहका तुल बहादुर के.सि. श्रम बिक्री तर्फ ६२ हजार र सामाग्री बिक्री तर्फ २८ हजार गरि जम्मा ९० हजार सदस्यहरुलाइ फाइदा पुगेकाे बताउनुभयो ।
यस्तै दुना टपरी उधम तर्फ २२ हजार बिक्री गरि ५ हजार खर्च कटाइ बच्न गएकाे १७ हजार समूह भित्र एक प्रतिशत ब्याजमा लगानी गर्ने गरिएको बताउनुभयो ।
उधममा माग भए बमाेजिम दुना टपरी उत्पादन गर्न नसकेकाले मेसिन थप गर्न आवश्यक रहेको बताउनुभयाे ।
संगिता चाैधरी कनरिया ढकिया समूह दङ्गिशरणकि सचिव हुनुहुन्छ । डिकाेस नेपालले दिएकाे १० दिने तालिम र दङ्गिशरण २ मा रहेको राजाकाेट बहुउद्देश्यीय सहकारिले दिएकाे हस्तकला बनाउने तालिमबाट हस्तनिर्मित वस्तु बुन्न सिक्नुभयाे । अहिले संगिताले पुजादानी , कलमदानी र चकटि बनाउन सक्नुहुन्छ ।
“सुरुवातीकाे अवस्थामा साेचे अनुरुप माग भइ रहेकाे छ तर कच्चा पदार्थ पाउन निकै मुस्किल छ । बस्तु उत्पादन गरेदेखि काठमाडौं देखि दुई पटक माग भयाे पठाइसक्याे । फुर्सदकाे समयकाे सदुपयोग भएको छ । अहिले समुहमा १३ जना छाैँ । ” – संगिताले भन्नुभयाे ।
लुमा चाैधरी दङ्गिशरण गनारी ढकिया महिला समूहकि उपाध्यक्ष हुनुहुन्छ । विभिन्न तालिम लिएपछि अहिले राेजगारसंग जाेडिएर आर्थिक रुपमा बलियाे बन्न सहज भएको बताउनुभयो । घरायसि काम संगै वस्तु पनि उत्पादन गर्नुपर्ने भएकोले साेचे अनुरुप वस्तु उत्पादन गर्न नसकेको बताउनुभयो । साेचे अनुरुप बजार नपाउँदा सस्था फस्टाउन नसकेको बताउनुभयो ।
मिलिजुली तिलकन्या समुहका मन कुमार चाैधरी दुना टपरी उत्पादन गर्दागर्दै मेसिन बिग्रिएर थन्किएकाले अहिले ब्यवसाय ठप्प भएको बताउनुभयो । मेसिन नभएकोले ब्यवसाय अगाडि बढाउन समस्या भएको उहाँको भनाइ थियाे ।
तुलसीपुर उपमहानगरपालिका वडा न. ७ का प्रेम बहादुर कुमाललाइ पेसा विहिन बस्नु परेको छ । पुर्खाै देखि माटाे खन्ने ठाउमा स्थानिय सरकारले बाटाे खनिदिएपछि प्रेम कुमार मात्र हाेइन कुमाल गाउँका कुमालेहरु नै राेजगारी खाेसिएकाे महशुस गरेका छन् ।
“स्थानीय सरकारले माटाे खन्ने ठाउँ बाट नै ट्रयाक खाेलिदिएपछि पेसा नै धरापमा परेकाे हाे । भाडा बनाइ दशैकाे समयमा बेचेर आम्दानि गर्ने कुमालेहरु अहिले राेजगारविहिन भएर बस्नु परेको छ ।” प्रेम कुमालले गुनासाे गर्नुभयाे ।
“पटकपटक स्थानिय सरकारलाइ झक्झक्यायाे, एलानि जग्गा हाे , हाम्रो पुर्खाले राजिराेटि गरेर खाने ठाउँ हाे, बाटाे नबनाईदेउ । माटाे खन्ने ठाउँ छाेडिदेउ भन्दा मानेनन । वडा सरकारलाई उजुरी पनि दियाे । तर कसैले सुनेन । ” प्रेमले दुखेसाे पाेख्नुभयाे ।
उहाले भन्नुभयाे – “सीप भएपनि माटाे नपाइएपछि माटाेकाे भाडा बनाउने पेसा नै संकटमा परेकाे छ । सीप छ वस्तु छैन । कुमाल गाउँकाे परिचय नै हराइसक्याे । हाम्रो पेसा गुमनाम भयाे । ”
शर्मा चाैधरी सुर्याेदय ढकिया समुहकाे अध्यक्ष हुनुहुन्छ । हस्त निर्मित बस्तु बेचेर नुन देखि सुन सम्म किन्न सक्ने भएको बताउनुभयो ।
” नुन मात्र हाेइन छाेरिछाेरि बढाउने , घर खर्च सबै चलाउछाैँ । अहिले लाएकाे याे सुन पनि ढकिया बेचेर किनेकाे हाे ।” – शर्माले भन्नुभयाे ।
ग्रिन फाउन्डेसनले तुलसीपुरमा कृषि वन उद्यमीहरुसँग समीक्षा बैठक तथा दिर्घकालिन याेजना निर्माणका लागि अन्तरक्रिया कार्यक्रममा उधमिहरुले उधमलाइ ब्यवसायमा ढाल्नका लागि चुनाैति संगसंगै सम्भावना पनि रहेकाले अझै पनि बजार ब्यवस्थापनका लागि पहल गर्न आवश्यक रहेको बताएका थिय ।
ग्रिन फाउन्डेसन दाङका अध्यक्ष विष्णु के सि काे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रममा तुलसीपुर , दङ्गिशरण, शान्तिनगरका विभिन्न उधम संचालन गरेका उधमिहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे शहरीकरण दिपक परियारले गर्नु भएको थियाे ।