समृद्ध समाजको तेस्रो साधारण सभा,किसानलाई प्रोत्साहन स्वरुप रकम,घुम्तीकोष वितरण



No description available.

समृद्ध समाज दंगीशरणले आज प्रोत्साहन रकम र घुम्तीकोष वितरण गरेको छ । सस्ंथाको तेस्रो बार्षिक साधारण सभामा बिभीन्न समुहका सदस्यहरुलाई सो रकम र प्रोत्साहन रकम प्रदान गरेको हो । सभामा आएआर्जनका लागि प्रोत्साहन स्वरुप अपांगता भएका दंगीशरण परिवर्तनशिल समुहका कलसी गिरीलाई बाख्रा खोर सुधारका लागि २५ हजार र दंगीशरण ७ बुट्टीपुर दोभान समुहका खीमा वि.क.लाई बाख्रा पालनका लागि २५ हजार नगद प्रदान गरिएको थियो ।

यस्तै उत्पादन र प्रशोधनका लागि दंगीशरण १ गोल्टाकुरी सृजना समुहका आसाकली चौधरी, वडा न. ४ बैबाङ्ग शुन्दर नगरी समुहका रामप्यारी चौधरी र दंगीशरण ५ पोटली जनज्योती समुहका भागिराम डांगीलाई १२÷१२ हजार घुम्तीकोष वितरण गरिएको थियो ।

No description available.
यस्तै ब्यवसायीक तरकारी खेती गरिरहनुभएका दंगीशरण १ रामपुर हरीयाली समुहका सुस्मा चौधरी, दंगीशरण २ कलङखोला उन्नती समुहका अस्मानी खत्री, वडा न. ४ सुकदेवा उजेली समुहका अगन्या चौधरी, वडा न. ५ नन्द्रागाउँ मिलन समुहका रिता चौधरी, वडा न. ३ रावतगाउँ हरीयाली समुहका कुईली चौधरी, वडा न. ३ चखौरा मखमली समुहका घुम्ली चौधरी, वडा न. ६ प्रसडुवा प्रगती समुहका तिला वि.क, वडा न. ७ रजपल प्रगतिशिल समुह माधवनाथ योगी, सिम्ठानी झरना समुहका कलौटि चौधरी गरि ९ जना किसानलाई प्लाष्टिक टनेल बितरण गरिएको थियो ।

आत्मनिर्भर,स्वरोजगार बनाउँने निती निर्माण गछौँ ः अर्थमन्त्री मास्की

No description available.
सभाका प्रमुख अतीथी तथा लुम्बीनी प्रदेशका अर्थमन्त्री धन बहादुर मास्कीले प्रदेश सरकारले पनि साना साना कुराहरुलाई मध्यनजर गर्दै विपन्न वर्गलाई सम्पन्नताको यात्रा ल्याउँन सक्छौँ, कसरी आत्मनिर्भर बनाउँने र स्वरोजगार सिर्जना गर्ने भनेर निती निर्माण गरि वजेट विनीयोजन गरि काम अगाडि बढाउँने योजना रहेको बताउँनुभयो । उहाँले आगामी दुई वर्ष भित्र रोजगार सिर्जना गर्ने गरि मुख्यमन्त्री आर्थीक विकास कार्यक्रम संचालन गर्नका लागि कार्यविधि निर्माण गर्न लागेको बताउँन्ुभयो । डेढ अर्वको बजेट विनीयोजन गरि प्रदेशभरीका युवाहरुलाई रोजगार दिई आत्मनिर्भर बनाउँने योजना अघि सारेको बताउँनुभयो । उहाँले समृद्ध समाजले साना साना कुराहरुलाई समाधान गरि समाज बनाउँने काम गरेको भन्दै समृद्ध समाजले गर्दै आएका कामहरुको उच्च मुल्यांकन गरेको बताउँनुभयो । संथाले सरकारलाई झक्झक्याउँने गरि कार्यक्रम तथा योजनाहरु संचालन गरेको बताउँनुभयो । यहाँले अवका दिनमा जनतामुखी कार्यक्रम गरि हरेक नागरीकलाई आत्म निर्भर बनाउँनका लागि कार्ययोजना बनाउँन पहल गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो । स्थानीय उत्पादन लाई बढावा दिई हरेक उत्पादनलाई ब्यवसायीक तरीकाले लैजानुपर्ने आजको आवश्यक्ता रहेको बताउँनुभयो ।

No description available.
सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले दंगीशरणका नागरीकलाई उत्पादन संग जोड्नका लागि पहिलो प्राथमिक्ता कृषि लाई दिएको बताउँनुभएको छ । आर्थीक रुपले सम्पन्न भएमा मात्र दंगीशरण गाउँपालिका समृद्ध हुने भन्दै ब्यवसाय र बजारीकरणको बाटो पहिल्याउँने बताउँनुभयो । उहाँले धेरै संघसस्ंथाहरुको सहकार्यमा थुप्रै किसान केन्द्रित कार्यक्रमहरु भईरहेको जानकारी दिनुभयो । अवको योजना गाउँपालिका खुसी र सुखी बनाउँने तर्फ स्थानीय सरकार लागिपर्ने उँहाको भनाई थियो ।

No description available.
सो अवसरमा सहकर्मी समाज जिल्ला संयोजक पुनाराम पन्थीले एकले अर्कोको सहयोग लिएर अगाडि बढ्ने सक्ने भन्दै समृद्ध समाज सहकार्य मार्फत अगाडि बढिरहेको बताउँनुभयो । उहाँले खर्च संगसंगै बचत गर्ने बानीको विकास भएकाले समृद्ध समाज सफलता हासील गर्दै गएको बताउँनुभयो । हरेक किसानहरुको , हरेक वर्गहरुको उत्थानमा लागेकोले हरेक मान्छेलाई आर्थीक रुपले सम्पन्न पार्न भुमिका खेल्नुपर्ने उहाँले बताउँनुभयो ।

No description available.
सो अवसरमा वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, २ का  डम्वर  खत्री, ४ का कमल चौधरी, ६ का रोषणजंग शाह, दक्षीण देउखुरी अधिकार मञ्च गढवाका अध्यक्ष  देवराज कवँर, दलीत सेवा संघका कार्यक्रम संयोजक छवी परियार, कृषि शाखा प्रमुख सरु भुसाल, नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशिखा चौधरी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभामा वार्षिक प्रगती प्रतीवेदन झरणा चौधरीले , आर्थीक प्रगती प्रतीवेदन कोषाध्यक्ष सिता डांगीलेले प्रश्तुत गर्नुभएको थियो ।

No description available.

No description available.
सस्ंथाका सदस्य विना चौधरीको स्वागत मन्तब्य तथा रीमा के.सी.को स्वागत गित बाट शुरु भएको सभाको शहजीकरण सचिव बाल कृष्ण खड्काले गर्नुभएको थियो । सस्ंथाका अध्यक्ष दिल कुमारी वि.क को अध्यक्षतामा सभा सम्पन्न भएको हो ।

No description available.

No description available.

सभामा ७ वटै वडाका मुल समितीमा आवद्ध सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थामा अहिले १५ सय ६ जना साधारण सदस्य र ६४१६ जना लाभान्वित जनसंख्या रहेको यस सस्ंथामा ७३ वटा सामुदायीक समुहहरु छन् । समृद्ध समाजको आधारण , उत्पादन बृद्धि र रोजगार भन्ने मुल नाराका साथ समृद्ध समाजले विगत देखि नै सामाजीक कार्य गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्