
दाङमा जनेजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिकाका आठ जना र सल्यानको छत्रेश्वरी गाउँपालिकाका एक जना रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले घोराहीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय र भानुचोकमा रहेको प्रहरी बिटमा ढुंगामुढा, तोडफोड, लुटपाट र आगजनी गरी क्षति पुर्याएका थिए।
ट्राफिक प्रहरी कार्यालयमा भएको आगजनी र लुटपाटमा संलग्नहरूलाई दाङ जिल्ला अदालतबाट ५ दिनको, भानुचोक प्रहरी बिटमा आक्रमणमा संलग्न समूहलाई ७ दिनको म्याद थपिएको प्रहरीले जनाएको छ। दुवै घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो।
प्रकाशित मिति : २०८२ कार्तिक २३ गते आइतवार

