कात्तिक १४ गतेसम्म बत्ती अवरुद्ध हुन सक्ने प्राधिकरणको सूचना



नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका अनुसार बुटवल–मोतीपुर १३२ केभी प्रसारण लाइन मर्मत तथा स्तरोन्नतिको कामका कारण कात्तिक ८ गतेदेखि १४ गतेसम्म २४ घण्टासम्म विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने जनाएको छ।

प्राधिकरणका प्रमुख सुरेश कुमार महतोका अनुसार बुटवल क्षेत्रमा चारवटा ल्याटिस टावरलाई मोनोपोल टावरले प्रतिस्थापन गर्ने काम भइरहेको छ। मर्मत अवधिमा लाइन आउने–जाने हुन सक्ने र प्रभावित क्षेत्रका उपभोक्तालाई सचेत रहन आग्रह गरिएको छ।

सेवा अवरुद्ध हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्