तुलसीपुर उपमहानगरपालीकाले असोज ११ गते ४३ औँ राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने



No description available.

तुलसीपुर उपमहानगरपालीकाले ४३ औँ राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने भएको छ । आज शनीवार तुलसीपुर उप महानगरपालीका अन्र्तगत रहेको नगरस्तरीय पर्यटन तथा संस्कृती प्रवद्धन समीतीको बैठकले यहि अशोज ११ गते राष्ट्रिय पर्यटन दिवश भब्यताका साथ मनाउँने निर्णय गरेको हो ।

बैठकले तुलसीपुरमा रहेको पर्यटकिय क्षेत्रका रुपमा परिचित राप्ती शान्ती उद्मानमा भब्यताका साथ ४३ औँ राष्ट्रिय पर्यटन दिवश गर्ने भएको छ । दिवशलाई भबयताका साथ मनाउँनका लागि बिभीन्न जातजातीको सांस्कृतीक झाँकि जुलुस सहितको ¥याली निकालीने भएको छ । दिवशका अवसरमा विभीन्न सांस्कृतीक पहिचान सहितका नृत्य प्रश्तुत गर्नेहरुका लागि आकर्षक पुरस्कारको ब्यवस्था गर्ने बैठकले निर्णय गरेको छ । यस्तै दिवशका अवसरमा यातायात र होटेल ब्यवसायीलाई समेत सम्मान गर्ने निर्णय गरेको छ । यस्तै नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको बैठकले दिवशलाई भव्यताका साथ सम्पन्न गर्नका लागि विभीन्न सघ सस्ंथा, सामुदायीक विधालय, महिला समुह, लगाएत पर्यटन पर्वद्धनमा लागि परेकाहरुलाई झाकि जुलुसमा सहभागिता जनाउँनका लागि नाम दर्ता गर्न आग्रह गर्दै तुलसीपुर नगरबासीहरुलाई कार्यक्रममा सहभागिता जनाउँनका लागि आग्रह समेत गरेको छ ।

No description available.

बैठकमा उप – प्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकिय अधिकृत मोहन पौडेल, नगर प्रवक्ता माधव वली, तुलसीपुर उद्मौग बाणिज्य संघका अध्यक्ष राम प्रशाद चालीसे, नेपाल पत्रकार महासंघ दाङ शाखा सह – सचिव दिप्तीशिखा चौधरी, भागिराम चौधरी, डिल्ली बहादुर रावत, होटेल ब्यवसायी ईन्द्र बहादुर वस्नेत, नगर क्षेत्रका पर्यटन सम्बन्धि विज्ञता शोभाकर सापकोटा, प्रहरी नायव निरीक्षक देवराव वली, डम्बर बहादुर बुढाथोकि लगाएतको उपस्थिती रहेको थियो । बैठकको शहजीकरण पर्यटन शाखाकि यशोदा वलीले गर्नुभएको थियो ।

No description available.

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्