राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सिनेट सदस्य बलिभद्र राना मगरले दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि झण्डै ९० करोड बढि बजेट परेको जानकारी दिनु भएको छ ।
उहाले आब ०८२/८३ को लागि ७३ करोड र गतबर्षको मौज्दात १७ करोड गरेर करिब ९० करोड बजेट बिनियोजन भएको बताउनुभयाे । प्रतिष्ठानको चालु खर्च बजेट पनि राम्रै आउने जानकारी दिनुभयाे। उहाले अघिल्लो बर्ष नै निती तथा कार्यक्रममा परिसकेकाले अहिले यसपालि बजेट बिनियोजन बताउनुभयाे ।
एमाले निकट नेपाल उद्याेग निर्माण परिषदका केन्द्रिय अध्यक्ष र पार्टीको प्रदेश कमिटि सदस्य समेत रहेका रानाले भन्नुभयाे । -`राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४०० वेड अस्पताल भवनको भौतिक पूर्वाधार निर्माणका लागि टेण्डर प्रक्रिया तथा निमार्ण कार्य समेत आव ०८२/०८३ वाट अगाडी बढ्ने गरी ९० करोडको हारहारीमा बजेट प्राप्त भएको छ, यसपालि भबन निर्माणको लागि टेण्डर भइ अघि बढ्छ । ´