सिलाई पेशा मा आत्मनिर्भर बनेकि रामपती चौधरी



Open photo

ओमप्रकाश गुप्ता

दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ माैरीघाट जनकपुरकी रामपती चाैधरी आजभोली कपडा सिलाउन निकै व्यस्त छिन् । उनी विहानै उठ्छिन् अनि घर र भान्साको सवै काम सकाएर विहान ९ बजे पसल खोल्छिन् र दिनभरी कपडा सिलाएर दिन बिताउने गरेकी छिन् । सामान्य परिवारमा जन्मेकी रामपतीको दिनचर्या आजभोली यसरीले वित्ने गरेको छ ।

केही वर्ष पहिले राप्ती प्राविधिक शिक्षालयको ३ महिने सिलाई कटाई तालिम र केही महिना अगाडि सर्वहित बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको ३ महिने सिलाई कटाई तालिम सिकेर दक्ष भएपछि उनले साउन ५ गतेका दिन गाउँमै एउटा सटर भाडामा लिएर टेलर्स खोलेकी छिन् । एलिजा टेलर्स नाम दिएर उनले व्यवसायी सुरू गरेकी छिन् ।

३१ वर्षिय रामपतीको परिवार ८ जनाको छ । बसेर खाने ६ जना छन् भने कमाउने २ जना छन् । दुई जनाको कमाईले रामपतीको परिवारलाई घर व्यवहार चलाउन निकै गाह्रो थियो । आफ्नो सीप नहुँदा मोबाइलमा रिचार्ज हाल्न समेत श्रीमान सँग पैसा माग्नु पर्ने अवस्था थियोे । तर सिलाई व्यवसायी सुरू गरेको केही दिनमै उनको घर परिवार र जिवनमा समेत परिवर्तन आउनुका साथै श्रीमान सँग पैसा माग्नु परेको छैन् । श्रीमान र घरपरिवारको सपोर्टमा उनलाई यो व्यवसायीले साथ दिएको छ ।

उनले टेलर्स खोलेको केही दिनमै एक जना महिलालाई समेत उनले सीप सिकाउन सुरू गरिसकेकी छिन् । भने कपडा सिलाउन आउने ग्राहकहरूको संख्या पनि विस्तारै बढ्न थालेको छ । दलित समुदायले मात्र यो पेशा गर्नु पर्छ भन्ने मलाई लाग्दैन । आफुलाई जुन पेशा गर्न मन लाग्छ त्यो सीप सिकेर व्यवसायी गर्न सकियो भने महिला दिदीबहिनीहरू श्रीमानको भर पर्न नपर्ने र अर्थतन्त्रमा पनि फाइदा हुने रामपती बताउछिन् ।

नेपालमा रोजगारी पाइदैन र विदेश गए प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने महिला दिदीबहिनीहरूलाई रामपतीले चुनाैती समेत दिएकी छिन् । उनी भन्छिन् , आफ्नै धर्तीमा पसिना बगाउनुस् । विदेश जतिकै पैसा कमाउन सकिन्छ । आफ्नो घरको काम गर्न लाज मान्ने गरेका कारण आज नेपालीहरूले प्रगति गर्न नसकेको उनको भनाई छ ।

रामपती जस्तै थुप्रै महिला दिदीबहिनीहरू आजभोली सिलाई पेशा तिर लागेको देख्न सकिन्छ । पछिल्लो समय यो पेशा तर्फ महिलाहरू आकर्षित बन्दै समेत जान थालेका छन् । त्यसैले नेपाली महिला दिदीबहिनीहरू तथा युवाहरूलाई स्वरोजगार बनाउन तथा सीप सिकाउन स्थानीय सरकारले पनि लगानी लगाउन आवश्यक देखिन्छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्