तुलसीपुर मेट्राे कलेजका बिधार्थिले गरे ‘मेट्रो बुलेटिन’ प्रकासित

एक कार्यक्रमका बिच बिमाेचन


 

तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबीमा अध्ययनरत विद्यार्थीले प्रकाशन गरेको मेट्रो म्यागजिनको आज एक कार्यक्रमका बिच  बिमाेचन गरिएको छ ।

कानून सम्बन्धि विभिन्न कुरा र गतिविधिहरु समेटेर प्रकाशन गरेको बुलेटिनको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि  उदय जिएमले विमोचन गर्नु भएको हाे ।

विमोचन कार्यक्रममा प्रमुख अतिथि  जिएमले पत्रकारिता डिजिटल युगमा प्रवेश गरि सकेको हुँदा डिजिटल संस्करणमा प्रकाशित गरिनु समय सुहाउँदो कार्य भएको बताउनुभयो  । बिधार्थिहरुकाे क्षमता अभिबृद्दि संगै सिक्नका लागि प्रेेरित गर्ने बताउनुभयाे । पढ्दै सिक्दै कमाउदै गरेका बिधार्थिहरुलाइ पत्रकारिता क्षेत्रमा आउनका लागि यी यस्ता गतिविधिले दक्ष बनाउने बताउनुभयाे ।उहाले कानुनका क्षेत्रमा पनि कलम चलाउनका लागि सहयाेग पुग्न सक्ने भन्दै समय सापेक्ष तरिकाले अध्ययन र अध्यापनलाइ अगाडि बढाउन आग्रह गर्नुभयाे ।

कानुन विषयमा समाचार लेख्ने पत्रकारको संख्या कम भएको अवस्थामा विद्यार्थीहरुलाइ कानुन बिषय पढेर  पत्रकारिता  क्षेत्रमा टिक्न सहज हुने बताउनुभयाे  ।

कार्यक्रममा रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले विद्यार्थीको पहलमा म्यागजिन प्रकाशन हुनु महत्वपूर्ण काम भएको धारणा ब्यक्त गर्नुभयाे।

इन्सेक दाङका प्रतिनिधि जेएन सागरले कानूनका धेरै कुराहरु संवेदनशिल हुने भन्दै विद्यार्थीले सर्वसाधारणलाई कानुन बुझाउनुपर्ने कुरामा जोड दिनुभयाे ।

नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले बढाइ मात्र नभइ ब्यवहारिक तरिकाले सिकाइलाई पनि संगसंगै लैजानु राम्रो पक्ष भएको भन्दै  प्रशंसा गर्नुभयाे । बिधार्थिहरुले गरेका कार्यलाइ   बुलेटिन प्रकाशन गर्ने मात्र नभइ वइबसाइडसंग जाेड्नु आजकाे समयकाे माग भएको बताउनुभयाे ।

कलेज प्रमुख वशन्त आचार्यले कलेजले विद्यार्थीहरुकाे क्षमता बिकासका लागि उनिहरुलाइ नयाँ काममा संलग्न गराउँदै लगेकाे बताउनुभयाे ।

कानून संकाय संयोजक विजय पोख्रेलले विद्यार्थीलाई सृजनात्मक बनाउनका लागि पत्रिका प्रकाशन गरेको जानकारी दिनुभयाे ।

कार्यक्रममा विद्यार्थी दुरविन वलीले पत्रिका प्रकाशन गर्नुको उद्देश्यका बारेमा जानकारी दिनुभएकाे थियाे ।

विद्यार्थी दीपा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको हाे । कार्यक्रमकाे सहजिकरण विद्यार्थी पारस वलीले गर्नु भएको थियाे।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्