अत्यधिक गर्मी बढेपछि तुलसीपुरका विद्यालय पाँच दिन बन्द




दाङमा गर्मी अत्यधिक बढेपछि तुलसीपुर उपमहानगरमा पाँच दिन विद्यालय बन्द हुने भएका छन ।

गर्मी ३९ डिग्री सेल्सियस भन्दा बढि भएपछि १८ गतेदेखि २२ गतेसम्म सामुदायिक तथा सस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा महाशाखा प्रमुख चक्रबहादुर भण्डारीले जानकारी दिनुभयाे । उहाका अनुसार २३ गतेदेखि पठनपाठन संचालन गरिने छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्