दाङका सञ्चारकर्मी दिपक कुमालको ‘भो फुपै लाउदिन’ बोलको तिज गित सार्वजनिक भएको छ । चलचित्र पत्रकार सघं दाङले आज एक कार्यक्रमका बिच तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि कुमालको शब्द,रचना रहेको तिज गित ‘भो फुपै लाउदिन’ सार्वजनिक गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष दुर्गालाल केसीले पछिल्लो समय भड्किलो बन्दै गएको समाज र आधुनिकिरण बन्दै गएका संस्कार संस्कृतीलाई यस गितले सकारात्मक सन्देश दिने बताउनुभयो ।
उहाँले परम्परा देखि नै पश्चिम भेगमा गाउने तिज गितहरुमा चेलीका बेदना पस्कने एउटा महत्वपुर्ण माध्यमको रुपमा लिइएको पर्वमा गाउने गरेका शब्दहरुलाई संकलन गरेर एउटा इतिहासमा अभिलेखीकरण गर्नका लागि भोलीका दिनमा हामीले हाम्रा पुराना भाका खोज्दा देख्न सक्ने गरि महत्वपुर्ण काम भएको भन्दै चर्चा गर्नुभयो ।
कार्यक्रममा साहित्यकार एवं पत्रकार बसन्त आचार्यले तिज गितले ठुलो भाब बोकेको र यसले दुईवटा पुस्ताको द्धण्द्धलाई देखाउन खोजिएको बताउनुभयो उहाले यस गितले निम्न वर्गकाहरुलाई पनि तिज मनाउन र रमाउन सक्छन भन्ने सन्देश दिने बताउँनुभयो ।
कुमालको शब्द रचनामा रहेको भो फुपै लाउदिन भन्ने तिज गितमा स्वर,लय टीका पुनको रहेको छ । गितको भिडियोमा मोडेल आरुसी मगर,मनकुमारी विक लगाएतको अभिनय रहेको छ ।
दिपकको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको भिडियोलाई झग्गु भण्डारीले निर्देशन गर्नुभएको हो। चलचित्र पत्रकार सघं दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
चलचित्र पत्रकार सघं दाङका कोषाध्यक्ष भुपेश वलि स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको थियो ।