लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाइ सबैखाले विपदबाट सुरक्षीत बनाउनेगरी नीतिगत सुधार गरेर प्रदेश सरकार अघि बढेकाे बताउनु भएको छ ।
नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश समितिले मंगलबार राप्ती उपत्यका देउखुरीमा आयाेजना गरेकाे समन्वय परिषद् बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले विपद प्रतिकार्यलाई प्रभावकारी बनाउन रेडक्रस लगायतका सराेकारवाला पक्षसंग सरकारले सहकार्य गर्ने बताउनु भयाे ।
`दु:खमा पनि, सु:खमा पनि प्रदेश सरकार नागरिककाे साथमा छ । त्यसमा रेडक्रस अभियानकाे महत्त्वपूर्ण याेगदान छ´मुख्यमन्त्री आचार्यले भन्नुभयाे-`लुम्बिनी प्रदेशलाइ मानवताकाे प्रदेशकाे रुपमा अघि बढाएका छाैं ।´ सरकार संगकाे समन्वयमा रेडक्रसले पहिलो राहतकाे रुपमा सामाग्री पुर्याउन सफल भएको, स्थानीय तहसंगकाे समन्वयमा थालिएका कार्यक्रमहरुकाे प्रशंसा गर्नुभयाे ।
लुम्बिनी प्रदेश भुकम्प, बाढी, पहिराे, आगलागी, चट्याङ लगायतका विपदकाे दृष्टिकोणले उच्च जाेखिममा छ। पहाडी जिल्ला पहिराे र तराईका जिल्ला बाढी तथा डुबानकाे चपेटामा पर्दै आएका छन । समन्वय परिषद्काे बैठक रेडक्रस लुम्बिनीका अध्यक्ष लालप्रसाद पंगेनिकाे अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यकाे प्रमुख आतिथ्यतामा समन्वय भएको थियाे ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायत सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।