एमाले दाङले बनायाे साजिदा सिद्धिकीलाई समानुपातिक सांसद



एमालेले दाङ निवासी साजिदा सिद्धिकीलाई समानुपातिक सांसद बनाएको छ। उहा मुस्लिम महिला कोटातर्फ पहिलो नम्बरको सूचीमा हुनुहुन्थ्यो । सिद्धिकी दाङको घोराही निवासी हुनुहुन्छ ।

यसअघि भएका निर्वाचनहरूमा पनि उहा समानुपातिक सूचीमा पर्नु भएको थियाे । तर सांसद बन्ने अवसर भने पाउनु भएको थिएन । यसपटक भने उहालाई सांसद बन्ने मौका प्राप्त भएको छ।

सिद्धिकी विभिन्न सामाजिक संघ–संस्थामा सक्रिय रूपमा काम गर्दै आएकी एक शसक्त  महिलाकाे रुपमा परिचित हुनुहुन्छ । एमालेले कुल १६ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस्