सिद्ध महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दंगीशरण ७ श्रीगाउँको १४ औँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सस्ंथाका अध्यक्ष विष्णा गौतमको अध्यक्षता एंव दंगीशरण गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष रेशम वलीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतीथी वलीले सहकारीले महिलाहरुको सामाजीक र आर्थीक रुपले सवल र सफल हुन सिकाएको बताउँनुभयो । सहकारी मार्फत महिलाहरुको क्षमता बृद्धि संगै सहकार्य माफर्त काम गर्नुपर्छ भन्ने भावना सिर्जना गरेको बताउँनुभयो । साथै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले गाउँगाउँमा संचालनमा भएका सहकारीले क्रृण र बचत गर्ने कार्यमा सहयोग पर्याएको भन्दै सहकारीलाई आयआर्जनको पाटोसंग जोड्न सकिने बताएका थिए । कुनै पनि महिला घरको कामकाज मात्र नभई बाहिरी कार्यमा पनि अग्रसर भई काम गर्न सक्छन् भन्ने कुरालाई सहकारी माफर्त बाहिर आउँन सहज भएको बताएका थिए ।
सो अवसरमा सहकारीलाई जग्गा उपलब्ध गराउँने जग्गादाताहरुलाई सम्मान गरिएको थियो । सम्मानीत हुनेमा सार्ग बहादुर के.सी.,गोविन्द भण्डारी,तुलसीराम न्योपाने, यामलाल भण्डारी, वीर बहादुर वली, सुशीला खड्का र कमल डि.सी.लाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो । यस्तै सस्ंथापक अध्यक्ष भिमन्ती वलीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भवानी लामीछानेले आर्थीक प्रतीवेदन प्रश्तुत गर्नुभएको थियो । तारा शर्माको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण जय कुमारी चौधरीले गर्नुभएको थियो । सहकारीमा अहिले २ सय १२ जना सेयर सदस्य रहेका छन् ।