दाङको तुलसीपुरमा श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ लाग्दैछ । माघ १३ गतेदेखि तुलसीपुरको अरनीको मैदानमा सञ्चालन हुने महायज्ञको तयारी समेत तिव्र पारिएको छ । मानव सेवा आश्रम तुलसीपुरको मानव स्मारक भवन नामार्णर्थ महायज्ञलाई व्यवस्थित रुपमा सफल बनाउन मुलक आयोजक समिति एवम् विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।
गठित मुल आयोजक समितिले महायज्ञलाई सफल बनाउने उदेश्य अनुरुप विभिन्न संघसंस्थाहरुसंगको भेटघाटलाई तिव्र पारेको छ । विभिन्न सामाजिक संस्थाहरुसंगको भेटघाट कार्यक्रम अन्र्तगत बुधबार लायन्स क्लब, रोटरी क्लब,किवानिस क्ल्व, तुलसीपुर नगर जेसिस र गुप्ता समाज संग भेटघाट एवम्ु छलफल गरिएको मुल आयोजक समितिका सदस्य सचिव बुद्ध प्रकाश सिंहले जानकारी दिनुभयो ।
मावन स्मारक निर्माण गर्ने उदेश्य आश्रमको मात्र नभई दाङवासीहरु साझा उदेश्य रहेको भन्दै सक्दो सहयोग गर्ने संघसंस्थाहरुको प्रतिवद्धता रहेको छ ।
महायज्ञलाई कसरी थप व्यवस्थित बनाउने र लक्ष्य प्राप्तीमा कसरी सहजीकरण गर्ने भन्ने विषयमा आन्तरीक छलफल समेत गरेर अगाढी बढने संघसंस्थाका प्रतिनिधिहरुले बताएका छन् । माघ १३ गतेदेखि माघ २० गतेसम्म सञ्चालन हुने महायज्ञको तयारीको बारेमा बिहिबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने मुल आयोजक समितिले बताएको छ