नेपाल नेत्रज्योति संघ दाङ शाखाले २०औं वार्षिक साधारण सभा सम्पन्न, सेवालाई विस्तार गर्नुपर्नेमा जोड



नेपाल नेत्रज्योति संघ दाङ शाखाले २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरेर वार्षिक साधारण सभा सम्पन्न भएको हो । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोख्रेलको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्या नन्द शर्माको विशिष्ट आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतीथी नेपाल नेत्रज्योति संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोख्रेलले दाङ शाखाले आँखा स्वास्थ्य सेवा तथा पँहुचलाई गुणस्तरीय सेवाको माध्यमबाट सुदृढ गर्ने भन्ने नारालाई आत्मसात गर्दै सेवालाई प्रभावकारी बनाउदै लगेको बताउनुभयो । शाखाले तीन वटै आँखा अस्पतालहरु र उपचार केन्द्र हरुलाई एउटै संगठनमा आवद्ध गराई दिगोपन विकासको लागि काम गर्दै लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा दाङ, रोल्पा, रुकुम पूर्व र कपिलवस्तु र कर्णाली प्रदेशको विभिन्न जिल्ला सल्यान, रुकुम पश्चिम, सुर्खेतमा आँखा, कान घाँटी सम्बन्धी उपचार प्रदान गर्दै आएको भन्दै विकट वस्तीमा पुग्ने सेवा विस्तार गर्नुपर्ने बताउँनुभयो  ।  ग्रामिण क्षेत्रका नागरिकलाई अझै पनि आँखा, कान, घाँटीको रोगका बारेमा पूर्ण रुपमा जानकारी नभएकोले यस विषयमा अझै प्रभावकारी कार्यक्रमहरु गर्न सुझाब दिनुभयो । उहाँले आँखा उपचार केन्द्रहरुले दृष्टि विहीनता न्युनीकरणमा महत्वपुर्ण भुमिका खेलेको बताउँनुभयो ।

कार्यक्रममा बोल्ने अन्य बक्तहरुले सेवालाई अझै पनि विस्तार गर्दै लैजानुपर्ने बताएका थिए । कार्यक्रममाजिल्ला समन्वय समिति दाङका प्रमुख नित्या नन्द शर्मा, नेत्रज्योति संघका चिफ डाइरेक्टर सुलक्ष्मी कटुवाल, विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारी,पूर्वसांसद बुद्धिराम भण्डारी, लायन्स क्लव ३२५ एनका गर्भनर विनोद श्रेष्ठ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटवाल,आजीवन सदस्य प्रमुख प्रशासक सम्शेर थापा,  निर्मल डांगी,   लिलारा खनाल, हरिहर पौडेल, लगायतकाले शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपाल नेत्र ज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेत्रज्योति संघले वितेको एक वर्षमा आँखाको ओपिडी तर्फ ३ लाख ११ हजार ५ सय ४१ जनालाई सेवा प्रदान गरिएको जानकारी दिनुभयो । यस्तै विशिष्टिकृत ओपिडि सेवा तर्फ १७ हजार ९ सय २, ओपिडि कानतर्फ १३ हजार ५ सय ६०, मोतिविन्दुको शल्यक्रिया सेवा १५ हजार ४ सय २ जना, विशिष्टिकृत शल्यक्रिया तथा अन्य सेवा तर्फ ५ हजार ६ सय ४४ जनाले सेवा लिएको जानकारी दिनुभयो ।

सो अवसरमा कोषाध्यक्ष श्याम आर्चायले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग गरेको भन्दै विभिन्न स्थानीय तह, विभीन्न ब्यक्तित्व , कर्मचारी लगायतलाई सम्मान  गरिएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस्